Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

यूरोपमा १२ करोड ५० लाखभन्दा बढी एसएमएस चुहावट, स्वेडबैंक र एयरबाल्टिकका ग्राहक प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यूरोपमा १२ करोड ५० लाखभन्दा बढी एसएमएस चुहावट, स्वेडबैंक र एयरबाल्टिकका ग्राहक प्रभावित
Photo / Coverage: टेक्नोलोजी खबर

यूरोपेली टेलिकम कम्पनीको सुरक्षा कमजोरीका कारण १२ करोड ५० लाखभन्दा बढी एसएमएस सन्देश सार्वजनिक पहुँचमा पुगेका छन्। चुहावट भएका सन्देशमा बैंकका प्रमाणीकरण कोड, पासवर्ड रिसेट लिंक, स्वास्थ्य परीक्षणको नतिजा तथा व्यक्तिगत विवरणसमेत रहेको पाइएको छ। लाटभियामा सञ्चालनमा रहेको टेलिकम सेवा प्रदायक सीएससीटेलिकमको डाटाबेस असुरक्षित अवस्थामा भेटिएपछि यस्तो विवरण बाहिरिएको हो। सन् २०२२ अक्टोबरदेखि २०२६ सेप्टेम्बरसम्मका एसएमएस सन्देश उक्त डेटाबेसमा थिए। डाटाबेसमा नयाँ सन्देशसमेत वास्तविक समयमै थपिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। सेप्टेम्बर २८, २०२६ मा अनुसन्धान टोलीले कम्पनीको क्लिकहाउस डाटाबेस सार्वजनिक पहुँचमा रहेको फेला पारेको थियो। अनुसन्धानअनुसार सेप्टेम्बर महिनामा मात्रै उक्त प्रणालीबाट ३० लाखभन्दा बढी एसएमएस पठाइएको थियो। चुहावटमा लाटभियाका प्रमुख बैंक स्वेडबैंक र एसईबी, बिमा कम्पनी ईआरजीओ, आपत्कालीन सेवा नम्बर ११२ तथा एयरबाल्टिक लगायतका संस्थाका सन्देश समावेश थिए। लिथुआनिया र इस्टोनियाका कम्पनी तथा व्यक्तिका विवरणसमेत प्रभावित भएको अनुसन्धान टोलीको भनाइ छ। यस विषय सार्वजनिक भएपछि सीएससीटेलिकमले आफ्नो एउटा सूचना प्रणालीमा सुरक्षा कमजोरी भेटिएको स्वीकार गरेको छ। कम्पनीले उक्त कमजोरी तत्काल समाधान गरेको र घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। कम्पनीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नो प्रणालीबाट कुनै डेटा डाउनलोड गरिएको प्रमाण फेला परेको छैन। उसले लाटभियाको साइबर सुरक्षा निकाय सीईआरटी.एलभीलाई घटनाबारे जानकारी गराएको र विज्ञहरूसँग मिलेर प्रणालीको सुरक्षा परीक्षण तथा निगरानी बढाएको बताएको छ। कस्ता विवरण सार्वजनिक भए? अनुसन्धान टोलीका अनुसार सार्वजनिक पहुँचमा रहेको डेटाबेसमा कम्पनीको एसएमएस सेवा प्रयोग गर्ने व्यावसायिक संस्थाका नाम, सन्देश पठाइएका मोबाइल नम्बर र सन्देशको पूर्ण विवरण थिए। त्यसमा दुई तहको प्रमाणीकरण (टूएफए) का कोड, अस्थायी पासवर्ड, पासवर्ड रिसेट लिंक, स्वास्थ्य परीक्षणका नतिजा, होटल तथा यात्रा बुकिङका विवरण, नाम र ठेगानासहितका सामान ढुवानीसम्बन्धी सूचना तथा बैंक कारोबारका नोटिफिकेसन समावेश थिए। त्यस्तै, सन्देश पठाइएको समय, प्रत्येक सन्देशको मूल्य र मोबाइल नेटवर्क रुटिङसम्बन्धी प्राविधिक विवरण पनि डेटाबेसमा राखिएको थियो। नयाँ एसएमएस पठाइँदा ती विवरण वास्तविक समयमै थपिने गरेका थिए। बैंकदेखि स्वास्थ्य संस्थासम्मका विवरण चुहावटमा परेका संस्थाहरू विभिन्न क्षेत्रमा आबद्ध छन्। बैंकिङ क्षेत्रमा स्वेडबैंक र एसईबीका सन्देश सार्वजनिक पहुँचमा पुगेका थिए। त्यस्तै, बिमा तथा आपत्कालीन सेवातर्फ ईआरजीओ, कम्पेन्सा, आर्टिया र लाटभियाको ११२ आपत्कालीन हटलाइनका सन्देश पनि समावेश थिए। खुद्रा व्यापार तथा सेवातर्फ पोर्शे, सिटीबी, बार्बोरा, युरोक्यास, डेपो, अक्रोपोलिस, आईकेआई, पर्लासगो र अटोप्लियसका विवरण भेटिएका थिए। स्वास्थ्य सेवातर्फ लिथुआनियाका स्यप्सेनोस अकादेमिया र डेन्टिसियाका सन्देश तथा हवाई सेवातर्फ एयरबाल्टिकका सन्देशसमेत चुहिएका थिए। दुई तहको प्रमाणीकरण र वित्तीय ठगीको जोखिम यस घटनाको मुख्य जोखिम एसएमएसमार्फत पठाइने प्रमाणीकरण कोड र पासवर्ड रिसेट लिंकसँग जोडिएको छ। सार्वजनिक डेटाबेसमा यस्ता विवरण वास्तविक समयमै उपलब्ध हुने भएकाले त्यसलाई निगरानी गरिरहेको आक्रमणकारीले प्रयोगकर्ताले कोड प्राप्त गर्नुअघि नै त्यसको दुरुपयोग गर्न सक्ने अनुसन्धानकर्ताहरूले औँल्याएका छन्। यसबाट प्रयोगकर्ताको खातामा अनधिकृत पहुँच, पासवर्ड परिवर्तन तथा वित्तीय ठगीको जोखिम बढ्न सक्छ। चार वर्षसम्मका सन्देश उपलब्ध हुँदा प्रयोगकर्ताको किनमेल गर्ने बानी, प्रयोग गर्ने बैंक, यात्रा विवरण, स्वास्थ्य परीक्षण र खर्चको प्रवृत्तिसमेत विश्लेषण गर्न सकिन्छ। बैंक कारोबार र महँगा ब्रान्डसँगको सम्बन्धका आधारमा आर्थिक रूपमा आकर्षक व्यक्तिलाई लक्षित गरी ठगी गर्न सकिने जोखिम पनि छ। त्यस्तै, कुनै व्यक्तिले कुन बैंक, किनमेल सेवा वा हवाई सेवा प्रयोग गर्छ भन्ने जानकारी मात्रैबाट पनि आक्रमणकारीले सम्बन्धित कम्पनीको नाममा नक्कली सन्देश पठाएर ठगीको प्रयास गर्न सक्छन्। तेस्रो पक्षको सेवामा राखिएको डाटा पनि जोखिममा यो घटनाले बैंक, स्वास्थ्य संस्था र अन्य कम्पनीले आफ्ना ग्राहकलाई एसएमएस पठाउन प्रयोग गर्ने तेस्रो पक्षका सेवा प्रदायकको सुरक्षा पनि उत्तिकै महत्त्वपूर्ण हुने देखाएको छ। ग्राहकसँग प्रत्यक्ष कारोबार गर्ने कम्पनीले मात्रै डाटा सुरक्षित राखेर पुग्दैन। उनीहरूले एसएमएस पठाउन वा अन्य डिजिटल सेवा सञ्चालन गर्न प्रयोग गर्ने बाह्य कम्पनीका प्रणालीमा पनि ग्राहकका संवेदनशील विवरण पुग्न सक्छन्। यस घटनाले युरोपेली संघको जनरल डेटा प्रोटेक्सन रेगुलेसन (जीडीपीआर) को पालना सम्बन्धमा पनि प्रश्न उठाएको छ। उक्त नियमअनुसार व्यक्तिगत डेटा जुन प्रयोजनका लागि संकलन तथा प्रशोधन गरिएको हो, त्यसका लागि आवश्यक अवधिभन्दा बढी समय राख्न पाइँदैन। एसएमएस सेवा प्रदायकले सन्देशको सामग्री, मोबाइल नम्बर र अन्य विवरण करिब चार वर्षसम्म किन सुरक्षित राखेको थियो भन्ने प्रश्नसमेत यस घटनाले उठाएको छ। स्रोतमा उल्लेख भएअनुसार डाटा सार्वजनिक पहुँचमा रहेको पुष्टि भए पनि त्यसलाई कसैले डाउनलोड वा दुरुपयोग गरेको स्वतन्त्र पुष्टि भएको छैन। The post यूरोपमा १२ करोड ५० लाखभन्दा बढी एसएमएस चुहावट, स्वेडबैंक र एयरबाल्टिकका ग्राहक प्रभावित appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा उपलब्ध
TechnologyJust now

विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ अब नेपालमा उपलब्ध

३० कात्तिक, काठमाडौं। नेपालका लागि विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. मार्फत मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ अब नेपाली बजारमा उपलब्ध भएको छ। अन्तर्राष्ट्रिय बजारमा आफ्नो गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनको यस प्रिमियम टायर सिरिजले नेपाली उपभोक्तालाई आफ्नो सवारीसाधनका लागि अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने […] The post विश्वप्रसिद्ध टायर ब्रान्ड ...

आइसिटी फ्रेम
ह्वाट्सएपसम्बन्धी गलत जानकारी दिएको भन्दै मेटालाई अफकमले गर्‍यो ४ लाख ५० हजार पाउन्ड जरिवाना
TechnologyJust now

ह्वाट्सएपसम्बन्धी गलत जानकारी दिएको भन्दै मेटालाई अफकमले गर्‍यो ४ लाख ५० हजार पाउन्ड जरिवाना

बेलायतको दूरसञ्चार नियामक निकाय अफकमले ह्वाट्सएप बिजनेस सेवासम्बन्धी गलत जानकारी उपलब्ध गराएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउन्ड जरिवाना गरेको छ। मेटाको पछिल्लो आर्थिक वर्षको आम्दानी २०० अर्ब अमेरिकी डलरभन्दा बढी रहेको अवस्थामा यो जरिवाना कम्पनीका लागि ठूलो आर्थिक भार नहुन सक्छ। तर, यस घटनाले बेलायतको दूरसञ्चार नियामकले ठूला प्रविधि कम्पनीलाई पनि नियामकीय दायरामा ल्याउन सक्ने देखाएको छ। यद्यपि, यो ...

टेक्नोलोजी खबर
नेपाल बैंकको ९० औं वार्षिकोत्सवमा ९० दिनको विशेष अफर ! न्यूनतम ब्याजदरमा घर कर्जा योजना सार्वजनिक
TechnologyJust now

नेपाल बैंकको ९० औं वार्षिकोत्सवमा ९० दिनको विशेष अफर ! न्यूनतम ब्याजदरमा घर कर्जा योजना सार्वजनिक

३० कात्तिक, काठमाडौं। नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ९०औँ वार्षिकोत्सवको अवसर पारेर विशेष छुट सुविधासहितको ‘सर्वसुलभ आवास कर्जा योजना’ सार्वजनिक गरेको छ । बैंक यही कात्तिक ३० गते सोमबारदेखि ९०औँ वर्षमा प्रवेश गर्दैछ । सोही ऐतिहासिक अवसरमा बैंकले ९० दिनका लागि अत्यन्तै न्यून ब्याजदर तथा सेवा शुल्कमा यो आवास कर्जा योजना सञ्चालनमा […] The post नेपाल बैंकको ९० ...

आइसिटी फ्रेम
प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो ४९.३% बजार हिस्सा | नेपालमा मूल्य कति?
TechnologyJust now

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो ४९.३% बजार हिस्सा | नेपालमा मूल्य कति?

३० कात्तिक, काठमाडौं। प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी, ओगट्यो झण्डै आधा बजार अक्टोबर २०२६ मा मलेसियाको कुल ईभी बजारको ४९.३ प्रतिशत हिस्सा (२,२६२ युनिट) ओगट्दै प्रोटोन ई.मास ५ सर्वाधिक बिक्री हुने विद्युतीय सवारी बनेको छ। प्रोटोन ई.मास ७ को ५५४ युनिटसहित प्रोटोनले मलेसियाको ईभी बजारमा ६१.३ प्रतिशत हिस्सा कब्जा गरेको छ। […] The post प्रोटोन ई.मास ५ ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play