Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीमा बाक्लो कुहिरो, जनजीवन प्रभावित
Photo / Coverage: हिमालय टाइम्स

सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा आज बिहानैदेखि बाक्लो कुहिरो लागेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण सडक तथा आसपासका क्षेत्रको दृश्यता कम भएको छ । कुहिरोका कारण सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदल यात्रीलाई असहज भएको छ । विशेष गरी बिहानको समयमा सवारीसाधन सञ्चालन गर्दा चालकहरूलाई थप सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ । मौसममा आएको परिवर्तनसँगै तराईका जिल्लाहरूमा बिहानको समयमा कुहिरो देखिएको मौसम पूर्वानुमान महाशाखाले पनि जनाएको छ । स्थानीयवासीलाई कुहिरो लागेको समयमा सवारीसाधन चलाउँदा गति कम गर्न, फग लाइट प्रयोग गर्न तथा आवश्यक सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play