काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकार नियुक्त भएका छन् । यूएई क्रिकेट बोर्डले आइतबार आईसीसी क्रिकेट विश्वकप छनोट प्लेअफ २०२६ का लागि १५ सदस्यीय टोली घोषणा गर्दै मल्ललाई ब्याटिङ सल्लाहकारका रूपमा नियुक्त गरिएको जानकारी दिएको हो । नेपालमा आयोजना हुने विश्वकप छनोट प्लेअफका लागि यूएईले मल्लसहित प्रशिक्षक तथा सहयोगी टोलीसमेत घोषणा गरेको छ । टोलीको मुख्य प्रशिक्षकमा अहमद रजा नियुक्त भएका छन् । त्यस्तै, स्टान्ली चिओजा फिल्डिङ प्रशिक्षक तथा अजहरुद्दिन कुरेसी शक्ति तथा शारीरिक क्षमता प्रशिक्षकका रूपमा टोलीमा छन् । यूएईले आगामी डिसेम्बर ५ देखि २० सम्म नेपालमा विश्वकप छनोट प्लेअफका सात खेल खेल्नेछ ।
यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा ज्ञानेन्द्र मल्ल नियुक्त

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






