Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

यूएईसँग नेपाल ७ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यूएईसँग नेपाल ७ विकेटले पराजित
Photo / Coverage: कर्पोरट खबर

ओमानमा जारी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल यूएईसँग सात विकेटले पराजित भएको छ । नेपालले दिएको १५४ रनको सामान्य लक्ष्य यूएईले ३४ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४१ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन बनाएको थियो । नेपालको ब्याटिङमा सोहिल कुँवरले सर्वाधिक ३३ रन बनाएका थिए। सचिन भट्टले ३२ रन जोड्दा नीरजकुमार यादव र दर्शन सोनारले समान १६ रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। यूएईका निशाम खानले पाँच विकेट लिँदा आयान मिसवाहले तीन तथा नुरुल्लाह अयोबीले दुई विकेट लिएका थिए। जवाफमा ब्याटिङ गरेको यूएईले १५ ओभर २ बाँकी छँदै लक्ष्य पूरा गर्‍यो । यूएईका लागि कप्तान आयान मिसवाहले अविजित ७५ रनको योगदान दिए । यायिन राईले आक्रामक ब्याटिङ गर्दै ३२ रन बनाए। अहमद खुदादादले २४ तथा ओमर तौकिरले ११ रन बनाए । नेपालका लागि सुसिल रावल, विपिन शर्मा र नितेश पटेलले समान एक विकेट लिए । प्रतियोगितामा दुवै टोली पहिलो खेलमा पराजित भएका थिए । नेपाल भारतसँग तथा यूएई पाकिस्तानसँग पराजित भएको थियो। नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। The post यूएईसँग नेपाल ७ विकेटले पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु
Latest NewsJust now

लक्ष्मी पूजाको रात झिलिमिली काठमाण्डु

काठमाण्डु – हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आईतबार लक्ष्मी पूजा विभिन्न धार्मिक विधिअनुसार मनाइएको छ। लक्ष्मी पूजाको अवसरमा काठमाण्डु उपत्यका झिलिमिली बनेको छ। धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले सजावट गरिएपछि उपत्यकाका […] ...

काठमाण्डुपाटी
कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग
Latest NewsJust now

कोप३१ मा नेपालको अडान- १.३ ट्रिलियन डलर जलवायु वित्त परिचालन, भोटेकोसी बाढीलाई उदाहरण बनाएर क्षतिपूर्ति माग

नेपालले ठूलो मात्रामा जलवायु वित्तको परिचालन हुनुपर्ने, जलवायु जन्य नोक्सानीमा नेपालले क्षतिपूर्ति पाउनुपर्ने, विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभित्र सीमित राख्नुपर्ने अडान सहित कोप–३१ मा पेस गर्ने ‘पोजिसन पेपर’ तयार गरेको छ।  संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मे... ...

नेपालखबर
राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ
Latest NewsJust now

राइफलको गोलीसहित राजधानीको कलंकीबाट एक जना पक्राउ

काठमाडौँ । थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको अवस्थामा प्रहरीले तनहुँको व्यास नगरपालिका–११ दमौलीका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play