Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यु-१९ महिला क्रिकेट : भारतसँग नेपाल पराजित
Photo / Coverage: पर्दाफास

महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ । आज सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनायो । नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन जोडिन् । बाँकी नेपाली ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । भारतका लागि बलिङतर्फ मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक चार विकेट लिइन् । त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो । भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक-एक विकेट लिइन् । भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने तालिका छ । नेपालले आगामी वर्ष घरेलु मैदानमा आयोजना हुने यु-१९ विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
छठ मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर पुगे
OthersJust now

छठ मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् । जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए । यस वर्ष जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर पुगेका हुन् । ...

पर्दाफास
अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय
OthersJust now

अर्ली इलेक्सनको निर्णय बदर गरी नियमित निर्वाचन गर्ने एन्फाको निर्णय

एन्फा मुख्यालय सातदोबाटोमा शनिबार बसेको बहुमत सदस्यहरूको बैठकले अर्ली इलेक्सन गर्ने १६ पुसको निर्णय बदर गर्ने निर्णय गरेको हो । ...

अनलाइन खबर
अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग
OthersJust now

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ । ‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए । प्रदर्शनकारीहरूले अस्ट्रेलियामा ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा ...

पर्दाफास
शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ
OthersJust now

शशांक कोइराला भन्छन्– पार्टी एकताबाट मात्रै लोकतन्त्रको रक्षा सम्भव छ

आफ्नो प्रमुख ध्येय कांग्रेसलाई एकताबद्ध बनाउनु नै रहेको उनले बताए । त्यसका लागि सबै नेता तथा कार्यकर्ताले आ–आफ्नो ठाउँबाट इमानदार प्रयास गर्नुपर्नेमा उनले जोड दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play