Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग
Photo / Coverage: पर्दाफास

अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ । ‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए । प्रदर्शनकारीहरूले अस्ट्रेलियामा ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा पुनर्विचार गर्न, आप्रवासनको सङ्ख्या घटाउन, विदेशी प्रभावबाट राजनीतिक निर्णय प्रक्रियालाई मुक्त राख्न तथा आवास र जीवनयापनको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरेका छन् । यो अभियान सेप्टेम्बर १३ देखि सुरु भएर ब्रिस्बेन, डार्बिन, पर्थ, एडिलेड, मेलबर्न र सिड्नी हुँदै क्यानबेरासम्म आइपुगेको हो । अभियानका प्रमुख आयोजक स्कट चालेन र साम बामफोर्डलगायतका व्यक्तिहरूले विभिन्न सहरमा आयोजित कार्यक्रममा आप्रवासन नीतिबारे आफ्ना धारणा राख्दै आएका छन् । नेपाल न्यूज बैंकसँगको कुरा गर्दै ब्रिस्बेनका ट्रक चालकले आफू जस्तै डाक्टर, नर्स, ईन्जिनियर आदी जस्ता दक्षकामदार सदैब अस्ट्रेलियालाई खाँचो रहेको भए पनि जथाभावी गैर कानुनी रुपमा भित्रिएका आप्रवासीले यस्तो परिस्थिती आएको बताए । यसअघि नोभेम्बर ८ मा सिड्नीमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका थिए । त्यहाँ ‘सीमा बन्द गर’ र ‘आप्रवासन फिर्ता गर’ भन्ने नारासमेत लगाइएको समाचार सार्वजनिक भएको थियो । केही वक्ताहरूले भारत, अफ्रिका, एसिया र मध्यपूर्वबाट आउने आप्रवासीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । अस्ट्रेलियामा आप्रवासनको विषय अहिले राजनीतिक बहसको केन्द्रमा छ । आवासको अभाव, घरभाडा वृद्धि, पूर्वाधारमा बढ्दो दबाब र जीवनयापनको महँगीलाई आप्रवासनसँग जोडेर विरोध गर्नेहरू बढिरहेका छन् । अर्कोतर्फ, आप्रवासी समुदायले देशको आर्थिक विकास, श्रम बजार र बहुसांस्कृतिक पहिचानमा आप्रवासीहरूको योगदानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँदै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय
OthersJust now

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय

मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाबी पेस गर्ने समय २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् । उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई ...

पर्दाफास
सांसदहरुलाई रविको निर्देशन- ‘जनताको मालिक होइन, सेवक बनेर काम गर्नुहोस्’
OthersJust now

सांसदहरुलाई रविको निर्देशन- ‘जनताको मालिक होइन, सेवक बनेर काम गर्नुहोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् । छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् । उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा ...

पर्दाफास
पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने
OthersJust now

पार्टी र सरकारबीच कुनै विवाद छैन : सभापति लामिछाने

२८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकारकाबीच कुनै पनि विवाद वा समस्या नरहेको बताएका छन् । शनिबार जनकपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति लामिछानेले कहिलेकाहीं सरकारलाई केही सल्लाह, सुझाव र आलोचना गर्दा निकै ठूलो हल्लाखल्ला हुने गरेको भन्दै त्यस्ता हल्लाहरूमा विश्वास गर्नुपर्ने कुनै आधार नरहेको बताए । उनले… ...

अनलाइन खबर
छठ मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर पुगे
OthersJust now

छठ मनाउन रास्वपा सभापति रवि लामिछाने जनकपुर पुगे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनकी धर्मपत्नी निकिता पौडेल छठ पर्व मनाउन जनकपुर पुगेका छन् । जनकपुर एयरपोर्टमा उनीहरुलाई शनिबार पार्टीका पार्टीका नेताले स्वागत गरेका थिए । यस वर्ष जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पवित्र गंगासागरमा विधिपूर्वक छठ पर्व मनाउन उनीहरु जनकपुर पुगेका हुन् । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play