Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यु–१९ एसिया कप क्रिकेटः नेपाल पाकिस्तानसँग पराजित
Photo / Coverage: विश्वखबर

काठमाडौं । ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग पराजित भएको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पाकिस्तानसँग १०१ रनले पराजित भएको हो । पाकिस्तानले दिएको २७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउदै १७४ रनमा समेटियो । नेपालका लागि रोहित चन्दले सर्वाधिक ३७ रन बनाए । उनले ५४ बलमा ३ चौका प्रहार गरे । निरजकुमार यादवले ५९ बलमा २९ रन बनाए भने अभय यादवले १६ बलमा २३ रन जोडे । सूर्यांशु कोइरालाले २२ र दर्श सोनारले २० रन बनाए । यस्तै सोहेल कुँवरले १४, रोशन शाहीले ७ तथा आशिष लुहारले ६ रन बनाए । कप्तान विपिन शर्मा एक रनमा अविजित रहे । बलिङतर्फ पाकिस्तानका अहमद हुसेनले १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । त्यस्तै मोहम्मद हुजैफा र मोहम्मद सय्यमले दुई दुई विकेट तथा जहांगिर बिलाल र रिजवानुल्लाहले समान एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि अहमद हुसेनले उत्कृष्ट ब्याटिङ गर्दै ७३ बलमा सर्वाधिक ८९ रनको योगफल बनाए । उनले ७ चौका र २ छक्का प्रहार गरे । यस्तै कप्तान फरहान युसुफले ९५ बलमा ७४ रनको योगदान दिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे । हसनैन अब्बास दारले २५, जहाँगीर बिलालले २२ तथा उस्मान खानले १९ रन बनाए । बलिङतर्फ नेपालका लागि विपिन शर्माले १० ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सुशिल रावलले दुई तथा सचिन भट्ट र अभय यादवले समान एक एक विकेट लिए । पाकिस्तानसँगको हारसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । नेपाल यसअघि भारतसँग १० विकेटले तथा यूएईसँग ७ विकेटले पराजित भएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– ...

रातोपाटी
ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज
Latest NewsJust now

ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज

काठमाडाैँ । क्यारिबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धलाई अपराध मान्ने कानुन खारेज भएको छ । बेलायतको सर्वोच्च पुनरावेदन अदालतका रूपमा रहेको ‘जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिल’ले मंगलबार एक... ...

रातोपाटी
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play