Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट

Share:WhatsAppFacebookX (Twitter)Telegram
युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्ने लक्ष्यसहित स्टार्टअप समिट
Photo / Coverage: पर्दाफास

युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित गर्दै स्थानीय स्रोतसाधन र जनशक्तिको उपयोगबाट रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘स्टार्टअप नेपाल समिट–२०२६’ को प्रदेशस्तरीय अभियान पोखराबाट सुरु गरिएको छ । ‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देशसहित आयोजित समिटले सातवटै प्रदेशका व्यावसायिक सम्भावना पहिचान गरी स्थानीयस्तरमा उद्यमशीलता प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । समिटकी अध्यक्ष शोभा ज्ञवालीले युवालाई जागिर खोज्नेभन्दा जागिर सिर्जना गर्ने उद्यमी बनाउन अभियान सुरु गरिएको बताइन् । उनका अनुसार युवामा नयाँ सोच र सीप भए पनि लगानी, मार्गदर्शन र बजारको पहुँच नहुँदा धेरै व्यावसायिक सम्भावना सुरुमै हराउने गरेका छन् । उनले व्यवसाय दर्ता प्रक्रिया सरल बनाउन, स्टार्टअप कर्जा सहज बनाउन र राम्रो व्यावसायिक योजना भएका तर धितो नभएका युवालाई वित्तीय पहुँच उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुदान र सरकारी सहयोगलाई उत्पादन तथा रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताए । पोखरा महानगरका प्रमुख धनराज आचार्यले महानगरले तालिम, सिड मनी र व्यावसायिक परामर्श उपलब्ध गराउँदै आएको जानकारी दिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले स्टार्टअपमा वित्तीय पहुँच र व्यावसायिक योजनाको महत्वबारे धारणा राखेका थिए । समिटले सातै प्रदेशबाट चारदेखि पाँचवटा उत्कृष्ट स्टार्टअप छनोट गरी काठमाडौंमा अन्तिम सम्मेलन गर्ने योजना बनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
OthersJust now

एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएर अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितका लागि पाएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा विकेटको क्षतिमा रन बनायो । जसमा डेभिड मिलरले ९३ रन जोड्दै अर्धशतक प्रहार गर्दै रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । सुदूरपश्चिमका स्कट कुइग्लाइनले २ विकेट लिए। यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय ...

पर्दाफास
ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार
OthersJust now

ठगी मुद्दाका नाइके सुजन : गोली हानेर पक्राउ, प्रहरीमाथि चक्कु प्रहार

सुजनलाई प्रहरीले बिहीबार साँझ गोकर्णेश्वर नगरपालिका–३ गाम्चा भन्ने ठाउँमा गोली हानेर पक्राउ गरेको छ । पक्राउका लागि जाँदा प्रहरीमाथि नै चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट एक प्रहरी घाइतेसमेत भएका छन् । ...

अनलाइन खबर
अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते
OthersJust now

अर्घाखाँचीको शितगंगामा बस दुर्घटना, १६ जना घाइते

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार बसको ब्रेक फेल भएर दुर्घटना भएको हो । ...

अनलाइन खबर
३ वर्षभित्र ५ वर्ष नाघेका मुद्दा ७० प्रतिशत घटाउने प्रस्तावित न्यायाधीश सारुको योजना
OthersJust now

३ वर्षभित्र ५ वर्ष नाघेका मुद्दा ७० प्रतिशत घटाउने प्रस्तावित न्यायाधीश सारुको योजना

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित चन्द्रबहादुर सारुले तीन वर्षभित्र पाँच वर्ष नाघेका मुद्दाको संख्या ७० प्रतिशतले घटाउने योजना अघि सारेका छन् । संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्ययोजनामा उनले सर्वोच्च अदालतमा थुप्रिएका पुराना मुद्दाको फछ्र्योटलाई प्रमुख प्राथमिकतामा राखेका हुन् । सारुले पाँच वर्ष नाघेका २ हजार ८४६ मुद्दा सबै फछ्र्योट गर्ने… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play