Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

युवराज मैनालीको ‘केही प्रतिभा केही प्रवृत्ति’

Share:WhatsAppFacebookX (Twitter)Telegram
युवराज मैनालीको ‘केही प्रतिभा केही प्रवृत्ति’
Photo / Coverage: हिमालय टाइम्स

‘केही प्रतिभा केही प्रवृत्ति’ समालोचकीय कृति हो । यो कृति युवराज मैनालीद्वारा गरिएका समालोचनाहरूको सङ्ग्रह हो । दायित्व वाङ्मय प्रतिष्ठान नेपालले यो पुस्तक प्रकाशन गरेको छ । सर्वाधिकार लेखकमा रहेको यस पुस्तकको यो तेस्रो संस्करण हो । पहिले यो कृति भानु प्रकाशनबाट २०४२ सालमा र नुवाकोट साहित्य प्रतिष्ठानबाट २०६७ सालमा । पहिलो र दोस्रो संस्करण प्रकाशित भइसकेको छ । दीपेन्द्र बस्नेतको ले-आउट रहेको यो पुस्तक १०१ प्रति छापिएको छ जो २०८२ सालमा प्रकाशित भएको हो । आठौं समालोचना उहाँको साहित्यकार पारिजातको ‘शिरीषको फूल’माथि रहेको छ । उहाँले उक्त उपन्यासको वास्तविकतालाई केलाएर समालोचनानात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । उहाँले यस उपन्यासको वास्तविकतालाई यहाँ पर्गेल्ने काम गर्नुभएको छ । नवौं समालोचना ‘कवि धीरेन्द्र मल्लको शिल्प परिवेश एवं साहित्यिकताका’ शीर्षकमा छ । यस लेखमा उहाँले मल्लका कवितात्मक विशेषता सोदाहरणसहित चर्चा गर्नुभएको पाइन्छ । मैनाली बुक्स एण्ड स्टेसनरी अद्वैत मार्ग बागबजार काठमाडौँ यसको वितरक रहेको छ भने सूर्योदय छापाखाना हाँडीगाउँ काठमाडौँ यसको मुद्रक रहेको छ । यो पुस्तक धेरै मोटो छैन । भूमिकाखण्डसमेत गरी ७२ पृष्ठको यो पुस्तक डिएमआई साइजमा छापिएको छ । यसको आवरण आकर्षक छ । अमूर्त चित्र रहेको यस पृष्ठको माथि पुस्तकको शीर्षक छ भने तल कृतिकारको नाम उल्लेख भएको छ । पृष्ठावरणमा समालोचनाकारको फोटो र कृतिभित्रबाट भवानी घिमिरे, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारीका भनाइ उद्धृत गरेर राखिएको छ । तल प्रकाशक संस्था र वितरक संस्थाको नाम र लोगो दिइएको छ । समालोचनाकारले यो पुस्तक उहाँका हजुरबुवा सूर्यकान्त मैनाली र हजुरआमा कौशल्या मैनालीमा समर्पण गर्नुभएको छ । भूमिकाखण्डमा भवानी घिमिरेको प्रथम संस्करणको भूमिका समालोचनाकार मैनालीको ‘आफ्नै स्वर आफ्नै लहर’, त्यसैगरी उहाँकै दोस्रो संस्करणको भूमिकाका रूपमा ‘आफ्नै स्वर आफ्नै लहर’, रामप्रसाद पन्तको ‘केही प्रतिभा केही प्रवृत्ति मैनालीको प्रथम समालोचनात्मक कृति’ र ‘तेस्रो संस्करणका कुरा’ शीर्षकमा समालोचक मैनालीको भनाइ छन् । त्यसपछि विषय सूची छ । यस कृतिमा १० वटा समालोचनाहरू समेटिएका छन् । पहिलो समालोचना ‘प्रयोग तथा मूल्य : समेली नाट्यकारिता’ शीर्षकमा छ । यसमा नेपालका नाट्यसम्राट बालकृष्ण समद्वारा रचना भएका नाटकहरूको प्रवृत्ति केलाउने काम भएको छ । दोस्रो समालोचना ‘कलावादी मान्यताभित्र देवकोटा’ शीर्षकमा छ । यसमा पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाका लेखकीय विशेषता र प्रवृत्तिगत विशेषतालाई केलाउने काम भएको छ । तेस्रो समालोचना ‘जीवनलाई हेर्ने दुई आयाममा कवि सिद्धिचरण’ भनेर समेटिएको छ । जसमा कवि सिद्धिचरणको जीवनलाई हेर्ने दुईवटा फरक फरक दृष्टिकोणलाई केलाउने र पर्गेल्ने काम भएको छ । चौथो समालोचकीय लेखमा ‘गौरी’ भित्रको विरहव्यथा र कवि माधव घिमिरे’ शीर्षकमा छ । यसमा माधव घिमिरेको कृति ‘गौरी’को विरह अर्थात् गौरीभित्रको करुण रसलाई उहाँले विहंगम दृष्टिकोणले हेर्नुभएको छ । पाँचौं लेखमा उहाँले लेखक तथा कलाकार लैनसिंह वाङ्देलको ‘मुलुक बाहिर’ शीर्षकको औपन्यासिक कृतिको लेखकीय शल्यक्रिया गर्नुभएको छ । छैटौं लेखमा उहाँले विजय मल्लको ‘भित्तेघडी’ को भावसंप्रेषणका बारेमा लेख्नुभएको छ । यसैगरी उहाँले सातौं लेखमा बहुविधामा कलम चलाउने प्रसिद्ध साहित्यकार रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ शीर्षकको औपन्यासिक कृतिको वस्तु यथार्थताको चिरफार गर्नुभएको छ । आठौं समालोचना उहाँको साहित्यकार पारिजातको ‘शिरीषको फूल’माथि रहेको छ । उहाँले उक्त उपन्यासको वास्तविकतालाई केलाएर समालोचनानात्मक दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । उहाँले यस उपन्यासको वास्तविकतालाई यहाँ पर्गेल्ने काम गर्नुभएको छ । नवौं समालोचना ‘कवि धीरेन्द्र मल्लको शिल्प परिवेश एवं साहित्यिकताका’ शीर्षकमा छ । यस लेखमा उहाँले मल्लका कवितात्मक विशेषता सोदाहरणसहित चर्चा गर्नुभएको पाइन्छ । अन्तिममा उहाँले ‘आत्मस्वस्थापनता तथा तरलित विश्वासको नैबन्धिक प्रयोग ‘अवसाद अभिनयी’ शीर्षकमा साहित्यकार गोपी मैनालीका निबन्धात्मक विशेषतासहित उहाँको ‘अवसाद अभिनयी’ शीर्षकको पुस्तकको चर्चा गर्नुभएको छ । पुस्तकका अन्त्यमा लेखक परिचय समावेश पाइन्छ । यसमा समालोचक युवराज मैनालीको सामान्य परिचय, प्रकाशित कृतिहरू, प्राप्त पदक, सम्मान र पुरस्कारहरू, उहाँको संलग्नता रहेका संघसंस्थाको नाम आदि छन् । कृतिका लागि कृतिकार मैनालीलाई बधाई छ । आगामी दिनमा पनि उहाँबाट यस्ता पुस्तकहरूको सिर्जना निरन्तर भइरहोस्, हार्दिक शुभकामना ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आउँदै जाँदै गरौँला सिमल बारुलै
Latest NewsJust now

आउँदै जाँदै गरौँला सिमल बारुलै

“पाँचैमा र मुखे हो रुद्राक्षको माला सिमल बारुलैजोगीले हजुर जपने सिमल बारुलै मरने र जति बैकुण्ठमा पुगे सिमल बारुलै आयौ है हजुर बाँचने सिमल बारुलै ।’’लोकगीतले समाजका विभिन्न पहलुलाई... ...

गोरखापत्र
डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

डुबेर दुई बालकको मृत्यु

सल्यान समाचारदातासल्यान, कात्तिक २१ गते । सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय आठ वर्षीय योगेश बुढा र अंकित बुढा... ...

गोरखापत्र
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
Latest NewsJust now

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौँ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play