Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

युवराजले हाने पहिलो शतक, पोखराले बनायो सिजन -३ कै ठूलो स्कोर

Share:WhatsAppFacebookX (Twitter)Telegram
युवराजले हाने पहिलो शतक, पोखराले बनायो सिजन -३ कै ठूलो स्कोर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिगअन्तर्गत कीर्तिपुरमा जारी खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध सानदार ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१७ रनको विशाल स्कोर बनाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको पोखराका लागि युवराज सिंह सामराले ऐतिहासिक शतक प्रहार गर्दै ४८ बलमा १० चौका र ६ छक्कासहित १०२ रनको उत्कृष्ट इनिङ्स खेले। त्यस्तै, कुशल भुर्तेलले पनि उत्कृष्ट ब्याटिङ गर्दै ३९ बलमा ७ छक्काको मद्दतले ६२ रनको अर्धशतकीय पारी खेले। यसबाहेक कप्तान चामिका करुणारत्नेले मात्र ११ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३५ रनको विस्फोटक नटआउट योगदान दिए भने सन्नी बिक ३ रनमा अविजित रहे। कर्णाली याक्सतर्फ बलिङमा सोमपाल कामीले २ विकेट र मार्क वाटले १ विकेट लिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प
Latest NewsJust now

इरानसँग युद्ध फेरि सुरु हुने सम्भावना अत्यन्त कम छ : ट्रम्प

न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध पुनः सुरु हुने सम्भावना अत्यन्त कम रहेको बताएका छन् । तर इरानले अमेरिकासँग भरपर्दो र बलियो सम्झौतामा हस्ताक्षर नगरे आवश्यक परे पुनः... ...

रातोपाटी
काठमाण्डुले गुमायाे ३ विकेट
Latest NewsJust now

काठमाण्डुले गुमायाे ३ विकेट

काठमाडाैँ ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा काठमाण्डु गोर्खाजले ३ विकेट गुमाएकाे छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको काठमाण्डुले ९ ओभर ३ बलमा ३... ...

रातोपाटी
नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली
Latest NewsJust now

नेपाल संवत् ११४७ का अवसरमा भक्तपुरमा भिन्तुना र्‍याली

भक्तपुरको सूर्यमढी र तौमढी टोलबाट सुरु भएको भिन्तुना र्‍याली नगर परिक्रमा गर्दै खौमा पुगेर भाषासेवी मास्टर जगतसुन्दर मल्लको सालिकमा माल्यार्पण गरी भक्तपुर दरबार क्षेत्रमा समापन गरिएको थियो । ...

कान्तिपुर
स्याफ्रुबेँसीमा आवतजावत सहज
Latest NewsJust now

स्याफ्रुबेँसीमा आवतजावत सहज

रसुवा । स्याफ्रुबेँसीको काठे पुल निर्माण भएको छ । गत कात्तिक १४ गते भोटेकोशी बाढीले स्याफ्रुबेँसी खोलाको पुल बगाएको थियो । उक्त पुल तीन दिनको निरन्तर प्रयासपछि पुनर्निर्माण सम्पन्न भई... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play