काठमाडौं । लिभरपुल युरोपेली च्याम्पियन्स लिगमा बुधबार फेनेबाचेसँग ३–२ ले पराजित भएको छ र यससँगै उसको शतप्रतिशत सुरुआतमा पूर्ण विराम लागेको छ । कोमो भने प्रतियोगिताकै इतिहासमा सर्वाधिक ठूलो अन्तरको जित बराबरी गर्न सफल रह्यो । रियल म्याड्रिड भने एक अर्को पुर्नआगमन रच्दै एईके एथेन्सलाई ३–२ ले हराउन सफल रह्यो । कोमोले भने लेन्सलाई फ्रान्समा ९–१ ले हराएको हो । सन् १९९२ यता कुनै टिमले आठ गोलको अन्तरले हराएको यो नै पहिलो पटक हो । कोमोका लागि ग्रिक खेलाडी अनास्टासिस डोभिकासले ह्याट्रिक गरे । जोसे मोउरिन्होको रियलका लागि फेडरिको भाल्भेरडेले दोस्रो हाफको इन्ज्युरी समयमा निर्णायक गोल गरे । इंग्लिस प्रिमियर लिग क्लबमध्ये म्यानचेस्टर सिटीले आरबी लाइपजिगलाई ३–२ र आर्सनलले स्लाभिया प्रागलाई २–१ ले पराजित गर्न सफल रहे । अन्य खेलमा बोरुसिया डर्टमुन्डले रियल बेटिसलाई २–१, एफसी पोर्टोले नेपोलीलाई ४–१, क्लब ब्रुगले पीएसभी आयनहोभनलाई २–१ र भाइकिङले सबाहलाई ४–१ ले हरायो ।
युरोपेली च्याम्पियन्स लिगमा लेन्समाथि कोमोको कीर्तिमानी जित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





