काठमाडौं । युरोपा लिगमा युभेन्ट्सले ओमोनिया निकोसियालाई ४–१ गोलले पराजित गरेको छ । घरेलु मैदानमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै युभेन्ट्सले शानदार जित निकालेको हो । फ्रान्सिस्को कोन्सेइकाओले एक गोल र दुई असिस्ट गर्दै जितमा महत्वपूर्ण भूमिका खेले । खेलको १५औँ मिनेटमा लुबोमिर साट्काले गोल गर्दै ओमोनियालाई अग्रता दिलाएका थिए । तर, ३७औँ मिनेटमा आन्द्रेआ काम्बियासोले गोल गर्दै युभेन्ट्सलाई बराबरीमा ल्याए । त्यसपछि जेफ एकाटोरले कोन्सेइकाओको पासमा गोल गर्दै पहिलो हाफमै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । युभेन्ट्सका लागि २० वर्षीय एकाटोरले पहिलो पटक सुरुवाती ११ मा खेल्दै गोल गरेका हुन् । उनी सन् २०१० पछि प्रमुख युरोपेली प्रतियोगितामा युभेन्ट्सका लागि गोल गर्ने सबैभन्दा कान्छा इटालियन खेलाडीसमेत बनेका छन् । कोन्सेइकाओले ६८औँ मिनेटमा गोल थपे भने त्यसको पाँच मिनेटपछि जेरेमी बोगाले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यो जितसँगै युभेन्ट्स युरोपा लिगको लिग चरणको तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बोर्नमथभन्दा युभेन्ट्स दुई अंकले पछाडि छ । युभेन्ट्सका लागि २० वर्षीय एकाटोरले पहिलो पटक सुरुवाती ११ मा खेल्दै गोल गरेका हुन् । उनी सन् २०१० पछि प्रमुख युरोपेली प्रतियोगितामा युभेन्ट्सका लागि गोल गर्ने सबैभन्दा कान्छा इटालियन खेलाडीसमेत बनेका छन् ।
युरोपा लिग : युभेन्ट्सद्वारा ओमोनिया निकोसिया ४–१ गोलले पराजित

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






