वेस्ट पाल्म बिच। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युरोपभरि सैन्य आक्रमण रोक्न गरेका छन्। उनले गत साता चीनमा भएको भेटका क्रममा पुटिनसँग यस विषयमा छलफल गरेको र यसले युक्रेन युद्ध अन्त्य गर्ने सम्झौताका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। ट्रम्पले बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा रुस र युक्रेनबीच चाँडै सम्झौता हुन सक्ने बलियो सम्भावना रहेको बताए। यद्यपि, उनले कुन भू–भागमा सैन्य आक्रमण रोक्ने भन्ने स्पष्ट पारेका छैनन्। विशेषगरी, सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण गरेको युक्रेनको नाम उल्लेख गरेका छैनन्। फ्लोरिडामा नेटो महासचिव मार्क रुटसँगको भेटपछि ट्रम्पको यो अभिव्यक्ति आएको हो। दुवै नेताले रुसलाई युक्रेन युद्ध विस्तार नगर्न आग्रह गर्दै संयुक्त वक्तव्य जारी गरेका थिए। गत साता नेटो सदस्य पोल्यान्डमा तीनवटा रुसी क्रुज क्षेप्यास्त्र खसेपछि युरोपेली राष्ट्रहरू रुसी गतिविधिप्रति थप चिन्तित बनेका छन्। ट्रम्पले रुसभित्र गहिरो क्षेत्रमा युक्रेनले गरेको आक्रमणको आलोचना गरेको भए पनि किएभलाई संयम अपनाउन आग्रह गरेका छैनन्। उनले युक्रेनलाई ज्याभलिन क्षेप्यास्त्र बिक्री गर्न आफ्नो पहिलो कार्यकालमा स्वीकृति दिएको स्मरण गर्दै त्यसले रुसी आक्रमणबाट युक्रेनलाई जोगाउन सहयोग गरेको दाबी गरेका छन्।
युरोपमा सैन्य आक्रमण रोक्न पुटिनलाई ट्रम्पको आग्रह

Read Complete Original Article
Published originally on नेपालन्युज






