Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

युरोपका विमानस्थलमा बमको धम्की, सुरक्षा सतर्कता बढाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
युरोपका विमानस्थलमा बमको धम्की, सुरक्षा सतर्कता बढाइयो
Photo / Coverage: नेपालन्युज

काठमाडौं। युरोपका विभिन्न देशका विमानस्थल र हवाई उडानलाई लक्षित गरी लगातार आइरहेका बमको धम्कीले उड्डयन क्षेत्र प्रभावित बनेको छ। बिहीबार मात्रै कम्तीमा २१ वटा विमान र विभिन्न विमानस्थलमा बम विस्फोट गराउने धम्की आएपछि कैयौँ उडानको मार्ग परिवर्तन गरिएको छ। बीबीसीका अनुसार इटालीमा एउटा विमानलाई सुरक्षा प्रदान गर्न लडाकु विमानसमेत परिचालन गरिएको थियो। लन्डनको हिथ्रो विमानस्थलमा आएको धम्कीबाहेक अन्य घटनालाई गम्भीर रूपमा लिइएको थियो, यद्यपि सबै धम्की झुटा साबित भएका छन्। यस्ता घटना समन्वयात्मक रूपमा हुन थालेपछि रुसको संलग्नता हुन सक्ने आशंका गरिएको छ। यसअघि युरोपमा भएका साइबर आक्रमण, शंकास्पद ड्रोन गतिविधि र पूर्वाधारमाथिका प्रहारलाई पश्चिमा देशले ‘हाइब्रिड वारफेयर’ वा मिश्रित युद्धको रणनीतिका रूपमा व्याख्या गर्दै आएका छन्। यद्यपि, बिहीबारको घटनामा रुस, इरान वा उनीहरूको नियन्त्रणमा रहेका कुनै समूहको संलग्नता पुष्टि गर्ने ठोस प्रमाण अहिलेसम्म फेला परेको छैन। रोमका विमानस्थल अधिकारीहरूलाई पठाइएको एउटा इमेलमा ‘फाइटर्स अफ द मेल स्टेट’ नामक समूहको नाम उल्लेख छ। उक्त नाम रुसको अतिवादी समूह ‘मुज्स्कोई लिजन’ सँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, यो समूहले नै धम्की दिएको हो वा कसैले नामको दुरुपयोग गरेको हो भन्ने स्पष्ट हुन सकेको छैन। युक्रेनलाई नेटोले गरिरहेको सहयोग र रुसी सैन्य रणनीतिमा पुगिरहेको अवरोधका कारण मस्को पश्चिमा देशहरूसँग असन्तुष्ट रहँदै आएको छ। यस्ता गतिविधि प्रायः गोप्य रूपमा हुने र जिम्मेवारी अस्वीकार गर्न सकिने भएकाले प्रमाण जुटाउन सुरक्षा निकायलाई कठिन भइरहेको छ। हाल युरोपका प्रहरी र सम्बन्धित मन्त्रालयहरू धम्कीको स्रोत पहिचान गर्न र आगामी दिनमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न सक्रिय छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
Latest NewsJust now

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उनको अभिव्यक्ति केही नरम देखिए पनि... ...

रातोपाटी
हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Latest NewsJust now

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ।    ...

नेपालखबर
सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ
Latest NewsJust now

सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

काठमाडौं । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई... ...

सिंहदरबार न्युज
कालीमाटीमा महँगियो प्याज
Latest NewsJust now

कालीमाटीमा महँगियो प्याज

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याजसहित केही तरकारीको भाउ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलो... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play