Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

युद्ध सकिने बाटोमा रहेको ट्रम्पको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
युद्ध सकिने बाटोमा रहेको ट्रम्पको दाबी
Photo / Coverage: विश्वखबर

काठमाडौं– इरानको रेभुलेसनरी गार्ड सेना (आइआरजिसी) ले हरमुजको अनधिकृत बाटोमा यात्रा गरिरहेका चार तेल ट्याङ्क समातेर विस्फोट गराइएको जनाएको छ । हरमुजमा यसरी आक्रमण भएका अक्टोबर महिनामा मात्र ३५ पटक हो । इरानमा गत फेब्रुअरीमा अमेरिका र इजरायल मिलेर आक्रमण गरेपछि सबै भन्दा धेरै आक्रमण भएको यो पहिलो पटक हो । लामो समयको आक्रमणको बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडो युद्ध अन्त्यको सम्भावना व्यक्त गरेका छन् । उनले स्थानीय रेडियो कार्यक्रममार्फत यो आशय व्यक्त गरेका हुन् । अमेरिकी अधिकारीसँग वार्ता गरेपछि मध्यस्थता गरिरहेका कतारी अधिकारीका अनुसार जुन महिनामा रोकिएको युद्धविरामको प्रक्रियालाई फेरि ब्युँताउन लागिएको हो । अमेरिकी सञ्चार माध्यमले जनाए अनुसार यसअघि नै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका मसद रजाइलाई पठाएको पत्रमा शान्ति वार्ता फेरि सुरू गर्न प्रस्ताव गरिएको छ । इरानले पनि अमेरिकाको पत्र आएको र युद्ध अन्त्यका लागि कतारी मध्यस्थकर्ताहरूसँग कुरा गरेको स्वीकार गरेका छन् । नयाँ वार्ताका लागि दोहा या इस्तानबुल एक स्थान छनोट हुने छन् । यसैगरी सो वार्ता सफल नभएमा वासिङ्टनले आफ्ना सहयात्रीलाई नोभेम्बर ३ को उप निर्वाचनपछि आक्रमण गर्नका लागि तयार रहन भनिसकेको छ । वाल स्ट्रेट जर्नलका अनुसार अमेरिकी सिनेटर त्रिलस मर्फी बिहीबार नयाँ आक्रमणकोबारे पनि सल्लाह गरेका थिए । यसैबीच जर्मनीका चान्सलर फ्रेडरिक मर्चले इरानमा भएको युद्धका कारण आफ्नो देशले ऊर्जामा धेरै खर्च गर्नु परेकोले समस्या उत्पन्न भएको बताएका छन् । उनका अनुसार गएको ८ महिनामा ऊर्जामा जर्मनीको १०० बिलियन युरो बढी खर्च भएको छ । शुक्रबार सियोलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले युद्ध अन्त्यका लागि जर्मनीले पहल गरिरहेको बताए । उनले सैन्य प्रयासले मात्र यो युद्ध नसकिने धारणा पनि व्यक्त गरेका छन् । जर्मनीमा मात्र होइन संसारभरि नै गत अप्रिलको तुलनामा धेरै नै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । यसैबीच, साउदी अरेबियाका विदेशमन्त्री फैसन बिन फरहान अल साउदले जहाजहरूको बाटोको विषयमा रुसी समकक्षी सर्जी लाभरोभसँग भेट गरेका छन् । अहिले यसै युद्धका कारण संसारका धेरै धनी देशमा पनि ऊर्जा सङ्कट देखिन थालेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड
Latest NewsJust now

वैदिक विश्वविद्यालयको आवश्यकतामा जोड

काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ । श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म... ...

रातोपाटी
सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि
Latest NewsJust now

सगरमाथा क्लबलाई अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि

बाँके । तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिपको उपाधि ललितपुरको सगरमाथा स्विमिङ क्लबले जितेको छ । नेपाल पौडी सङ्घको प्राविधिक सहयोगमा नेपालगन्ज स्विमिङ क्लबको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सगरमाथाले ४२९... ...

रातोपाटी
लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै
Latest NewsJust now

लिभरपुलमाथि आर्सनलको जित, शीर्ष स्थान कायमै

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा आर्सनलले लिभरपुलमाथि १–० गोलको महत्त्वपूर्ण जित हात पारेको छ । खेलमा आर्सनलका लागि काई हार्भाट्सले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले... ...

रातोपाटी
कालीगण्डकी बाढीको भएन अध्ययन
Latest NewsJust now

कालीगण्डकी बाढीको भएन अध्ययन

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १५ गते । गत असोज दोस्रो साता कालीगण्डकी नदीमा आएको विनासकारी बाढीले म्याग्दी, पर्वत, बागलुङ र स्याङ्जाका विभिन्न क्षेत्रमा अरबौँ रुपियाँ बराबरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play