Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

युगान्तकारी पर्व भाइटीका/तिहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
युगान्तकारी पर्व भाइटीका/तिहार
Photo / Coverage: हिमालय टाइम्स

नेपालमा तिहार वा भाइटीका जस्तै अनेक पर्वहरू प्रचलित छन् । सामाचखेवा, जितिया, राखी र चासोकतङनाम आदि पर्वहरू चेलीमाइतीका बीचको आदर, आत्मीय र आदर्श सम्बन्ध स्थापित गर्ने युगान्तकारी पर्वहरू हुन् । कतिपय चाडपर्वहरूका सर्वप्राचीन सही मान्यता अझै उजागर गर्न सकिएको छैन र यस विषयमा सत्यतथ्य खोज, प्रकाशन तथा प्रशारणको अझै अभाव रहेको छ । अझ तिहारसित मिल्दाजुल्दा नेपालका विभिन्न पर्वहरूको विशद् अध्ययन गरेर प्रकाशन गर्नुपर्छ । प्रायः वैदिक सनातनी वा हिन्दू सम्प्रदायका भनिएका चाडपर्वहरूलाई समयक्रममा बिटुलो बनाइएको देखिन्छ । यी चाडहरुमा सामन्तवादी संस्कृतिको सार पक्ष कलात्मक हस्तक्षेपका साथ प्रवेश गराएको देखिन्छ । नेपालीको तिहार, भाइटीका नै हो । दीपावली मित्रराष्ट्र भारतीय जनताको पर्व हो । नेपालको तिहारमा भाइटीका लगाइन्छ । बरु राखी चाहिँ नेपालको तिहारसित सन्निकट रहेको छ । शब्दमा पनि संस्कृति प्रतिबिम्बित हुन्छ । नेपाली टोपीको पहिचान विभिन्न देशमा लगाइने भन्दा बिलकुल भिन्न रहेको छ । यसको प्रत्यक्ष उदाहरण सार्वजनिन, सार्वकालिक र सर्वजन सरोकार तथा उत्साहका चाडहरूलाई सामन्तवादले संकुचित तथा संकीर्ण बनायो । तिनलाई एक जात, जाति, धर्म र समुदायमा सीमित गरिदियो । त्यसैले सबै नेपाली सबै खुसी हुने र आनन्दित हुने दशैँ र तिहारजस्ता पर्वहरूलाई हिन्दूकरण गरिएको स्पष्ट देखिन्छ । एउटै चाडपर्व पनि बहुधार्मिक, बहुसांस्कृतिक तथा बहुभूगोलका जनताले बहुप्रकारले मनाएको विशेष स्थिति नेपालमा पाइन्छ । सुख, दुःख, हर्ष, शोक आदि मानवीय नैसर्गिक पक्ष हुन् । जे जस्ता अनुभूतिहरू मानवले अनुभव गर्छ । त्यस अनुसारका अनुभूति गर्नु मानवजन्य स्वभाव हो । मानव जातिले जीवनलाई सहज, सुखी र सुन्दर बनाउन प्रकृतिसित मात्र होइन कृषिलगायत अनेक खालका उत्पादन संघर्ष गरेको देखिन्छ । यिनै श्रम संघर्षहरू भौतिक तथा आत्मिक संस्कृति निर्माणका मूल आधार हुन् । त्यसैले शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त गर्न विभिन्न चाडपर्वहरू प्रारम्भ भएको पाइन्छ । देश, काल, स्थान र धार्मिक सांस्कृतिक भिन्नताले गर्दा एउटै चाडका सार पक्षमा समानता भए पनि रूपहरूमा भिन्नता देखिन्छ । यसरी हेर्दा नामकरण नै पृथक् पाइन्छ । भारतको आसाम प्रान्तमा खेतीपाती गरेर घरमा अन्नबाली भित्र्याएपछि विभिन्न परिकारका खाद्यान्न र पक्वान्न पकाएर खाने भोगाली पर्व मनाइन्छ तर, त्यहाँ परिस्थिति फरक भएपछि रङ्गाली अर्थात् फागु वा होली पर्व मनाइन्छ भने जब घरमा अन्नबाली वा खाद्यान्न अभावग्रस्त अवस्था हुन्छ । त्यसबेला झिलीमिली बत्ती बालेर मनाइने पर्वलाई कङ्गाली भनिएको आसामका लेखक रामचन्द्र उपाध्यायले बताए थिए । यो पर्व भारतका अधिकांश प्रान्तमा मनाइने दीपावली जस्तै हो । त्यसैले नेपालीको तिहार, भाइटीका नै हो । दीपावली मित्रराष्ट्र भारतीय जनताको पर्व हो । नेपालको तिहारमा भाइटीका लगाइन्छ । बरु राखी चाहिँ नेपालको तिहारसित सन्निकट रहेको छ । शब्दमा पनि संस्कृति प्रतिबिम्बित हुन्छ । नेपाली टोपीको पहिचान विभिन्न देशमा लगाइने भन्दा बिलकुल भिन्न रहेको छ । यस्ता कुरामा अत्यन्त सचेत भइएन भने र जथाभावी शब्द प्रयोग गर्न थालियो भने नेपालको सांस्कृतिक मौलिकतामा आँच आउने निश्चित देखिन्छ । मातृप्रधान समाजमा एउटै आमाका सन्तानहरूका बीच बिहेबारी गर्ने परिपाटीविरुद्ध सुरु गरिएको विषयसित पनि घनिष्ट रूपमा तिहार सम्बन्धित देखिन्छ । अब एउटै आमाका सन्तानहरूका बीच बिहेबारी गर्ने होइन तिनीहरूका बीच चेलीमाइती जस्तो सम्मानित आदर र आदर्श सम्बन्ध कायम गर्ने युगान्तकारी पर्व हो तिहार । तिहार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड हो । तिथिबार र त्यौहार हुँदै तिहार शब्द निर्मित तथा प्रचलित बनेको मानिन्छ । यो पर्व पनि कृषिकर्मको एउटा चरण पूरा गरेपछि पुनर्ताजगी प्राप्त गर्न मनाउन सुरु गरिएको हो तर यसको मूलमर्म यो संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालमा अझै ओझेल परेको छ । मातृप्रधान समाजमा यौनसम्बन्ध स्वच्छन्द थियो । एउटै माताका सन्तानहरूका बीच विवाह हुन्थ्यो तर मानव त नरपशु हो अर्थात् पशुमध्येको श्रेष्ठ पशु हो । यसको ढिलो भए पनि बुद्धि आउँछ सही मान्यता स्थापित तथा समृद्ध गर्छ । आफूले नै अनजानबस सुरु गरेका गलत संस्कृतिलाई संशोधन र परिमार्जन वा परित्याग पनि गर्छ तर पशुमा भने त्यस खालको विवेक र बुद्धि कहिल्यै पलाउँदैन । त्यस मानेमा नरपशु वा मानव श्रेष्ठ हो र छ । त्यसैले स्वच्छन्द यौनसम्बन्धको परिपाटीलाई परित्याग गरी थिति बसाल्ने क्रममा तिहारजस्ता पर्वहरू मानव जातिले सुरु गरेको स्पष्ट हुन्छ । सर्वप्रचीन ग्रन्थ ऋग्वेदमा यमयमी नाम गरेका जुम्ल्याहा दाजुबहिनीको संवाद छ । त्यहाँ दाजुसित तरुनी भएकी बहिनी यमीले यौनसम्बन्ध गाँस्ने प्रस्ताव राख्छिन् तर दाजुले तिमी यस कामका लागि अर्कै पुरुष खोज अब आइन्दा यस्तो काम गर्नु हुँदैन भनेका छन् । त्यसैगरी, उद्दालक ऋषिकी आमालाई बाबुकै अगाडि अर्को एक ऋषिले यौनचाहना पूर्ति गर्न तत्कालीन मान्यताअनुसार हात समाएर तान्न खोज्दा उद्दालक ऋषिले प्रतिवाद गर्दै यस्ता रीत र प्रथा गर्न पाइन्न भनेको देखिन्छ । ऋषिपुत्रले हरेक नारीले आफ्नो सत्मा बस्नुपर्छ भनेको देखिन्छ । प्रसिद्ध संस्कृतिविद् डा. जगमान गुरुङले १८९६ सालमा मुख्तियार रंगलालले पश्चिम नेपालको भ्रमण गर्दा त्यहाँ जैसी बाहुनहरूमा भाञ्जी र फुपूकी छोरीसित मामाका छोराहरूले विवाह गर्ने प्रचलनविरुद्ध रुक्का वा आदेशपत्र जारी गरेको उल्लेख गरेका छन् । यस्ता अवशेषहरू नेपालमा अझै पनि पाइन्छन् । कुमाइ बाहुन समाजमा सगोत्री विवाहको प्रचलन रहेको बताइन्छ । दक्षिण भारतमा अझै पनि भाञ्जी विवाह अर्थात् मामा चेला र फुपूचेली दाम्पत्य सम्बन्ध गाँस्ने प्रचलन रहेको छ । नेपालका कतिपय जातिहरूमा अहिले पनि मामाचेला फुपूचेला सम्बन्ध गाँस्ने परम्परा रहेको पाइन्छ । त्यसैले तिहारजस्ता पर्वहरू ऐतिहासिक र अत्यन्त महत्त्वपूर्ण चाड हुन् । रामरमितो र पुनर्ताजगी प्राप्त गर्नु मात्र तिहार पर्वको विषय देखिँदैन । तिहारमा गरिने काग, कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पूजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म, महत्त्व र उपादेयतालाई उजागर गरेको छ । मानव जातिले आफ्ना हक, हित, सुरक्षा र सम्बर्धन गर्ने सजीव वा निर्जीव प्रकृति, वस्तु र पदार्थलाई सम्मान गरेको देखिन्छ । चेलीमाइतीबीच एक-अर्कामा आत्मीय र आदरपूर्ण सम्बन्ध कायम गर्ने पर्व सामाचखेवा, जितिया र चासोक तङ्नाम पर्व पनि हो । चासोक माने न्वाँगी र तङ्नाम माने उत्सव अर्थात् चासोक तङ्नाम चाड तिहारसित मिल्दोजुल्दो रहेको छ । यस चाडमा पालाङ गाउँदै र धाननाच, नाचिन्छ । चेलीबेटीहरू कोसेली बोकेर माइत जान्छन, नाता नपर्नेहरू मायाप्रीतिमा रमाउँछन् र हात समाई नाच्छन् । यो पर्व प्रत्येक वर्ष मंसिर १९, २० र २१ गते मनाइन्छ । अहिले पनि तिहारका अवसरमा यमराज वा धर्मराज आफ्नी बहिनी यमुनाका घरमा गएर टीका लगाएको प्रसंग मात्र उल्लेख गरिन्छ । जब कि जगमान गुरुङले यम भनेको नियम पनि हो, यो यौन सम्बन्धलाई थिति बसाल्ने विषयसित पनि सम्बन्धित रहेको छ भन्नुभएको छ । उहाँले बलि राज भनेको जुम्लाको काले गाउँका कल्याण वंशी एक बलशाली वा वलिष्ठ युवालाई चन्दननाथ नाम गरेका पण्डितले राजा घोषणा गरेको विषयसित जोड्नुभएको देखिन्छ । अनि तिनै राजाका शासन कालमा देवीद्यौताका मन्दिरमा भाकल पूरा गर्न चढाएका केटाकेटीहरू देवदास वा देवदासीका रूपमा चिनिन्थे । तिनलाई बलि राजाले अबदेखि तिमीहरूले मागेर जीविका गर्नु भनेको विषयसित तिहारको द्यौसीभैलो प्रचलनमा आएको भनाइ रहेको छ । हुन पनि यस्तो प्रचलन त्यहीँ भारतको कुनै पनि प्रान्तमा नहनुले पौराणिक कालको बलि राजा नभएर नेपालको बलि राजाको प्रसंग औचित्ययुक्त देखिन्छ । यसै विषयमा बलिहाङ राजाको विषय पनि प्रमुख रूपमा चर्चामा रहेको पाइन्छ । एउटै तिहार पनि नेपालमा विभिन्न रूप र स्वरूपमा प्रचलित भएको देखिन्छ । यस्ता विषयमा गम्भीर खोज जरुरी हुन्छ । संस्कृतिविद्का नाममा कतिपयले गणेशको सुँडको मात्र बखान गरेर अब हुँदैन । तिहारमा गरिने काग, कुकुर, गाई, गोरु र गोवर्धन पर्वतको पूजाले कृषि र पशु व्यवसायसित सम्बन्धित मर्म, महत्त्व र उपादेयतालाई उजागर गरेको छ । मानव जातिले आफ्ना हक, हित, सुरक्षा र सम्बर्धन गर्ने सजीव वा निर्जीव प्रकृति, वस्तु र पदार्थलाई सम्मान गरेको देखिन्छ । अझ गाईको सर्वाधिक उपादेयतालाई प्रत्यक्ष महसुस गरेर पूजा गरेको हो भने कृषिकर्ममा गोरुको सर्वाधिक महत्त्वलाई गम्भीर रूपमा महसुस गरेर पूजा गरेको स्पष्ट हुन्छ । त्यसैगरी, चरिचरन क्षेत्र, पानीको मुहानजन्य पहाड पर्वत र नदीको पनि महत्त्व बुझेर पूजा गरेको स्पष्ट हुन्छ ।चाडपर्वअन्तर्गत रहेका सर्व प्राचीन यथार्थ पक्ष र परम्परा बिर्सिएर यससम्बन्धी मौलिकता स्थापित हुँदैन । चाडपर्वहरूमा समयक्रममा भित्रिएका अतिवादी धार्मिक र सांस्कृतिक सार पक्षहरू अवलम्बन गरेर पनि हुँदैन । तिनका प्रारम्भिक सुन्दर पक्षहरूको जगेर्ना गर्दै समय क्रममा तिनमा भित्रिएका नकार पक्षलाई हटाउँदै समय सापेक्ष रूपान्तरण गर्दै जानुपर्छ । संस्कृतिमा अन्तर्निहित सामन्तवादी संस्कृति सारजन्य कुप्रभावलाई अक्षरशः अनुशरण गरेर गणतन्त्र स्थपित र सुदृढ हुन सक्तैन । यति मात्र होइन प्रगतिशील तथा लोकतान्त्रिक समुन्नत संस्कृति निर्माण गरेर समृद्ध र समुन्नत संस्कृति निर्माण गर्ने हो भने यस क्षेत्रमा सरकारको ध्यान र मन जानु अपरिहार्य हुन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति
Latest NewsJust now

इरान युद्धले चुनावी हार निम्त्याएको ट्रम्पको स्वीकारोक्ति

ट्रम्पका अनुसार इरान युद्धपछि बढेको इन्धन मूल्यले मतदाताको असन्तुष्टि बढाउँदा रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमायो। ...

कान्तिपुर
यी हुन संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण
Latest NewsJust now

यी हुन संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण

वासिङ्टन । निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरुले यसपटक डेमोक्रेट्सका लागि अनुकूल परिणाम आउने संकेत गरेका थिए । तर, यति ठूलो संख्यामा मतदाताहरु डेमोक्रेटिक पार्टीका पक्षमा उर्लने अनुमान गरिएको थिएन । निर्वाचनको सम्पूर्ण मतपरिणाम औपचारिक रुपमा सार्वजनिक हुन अझै केही दिन लाग्‍नसक्छ । तर, मंगलबार सम्पन्‍न निर्वाचनको अधिकांश परिणाम आइसकेको छ । जसअनुसार, संसद्‍का दुबै सदन डेमोक्रेटिक पार्टीको नियन्‍त्रणमा रहनेछ । माथिल्लो सदन सिनेटमा कुल ...

केन्द्रबिन्दु
आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
Latest NewsJust now

आज तीन प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाण्डु –हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम […] ...

काठमाण्डुपाटी
भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री शाह सँग भेटवार्ता गर्दै
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले आज प्रधानमन्त्री शाह सँग भेटवार्ता गर्दै

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौँ आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play