Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको विस्तृत विवरण भने सार्वजनिक नभएको बीबीसीले जनाएको छ । युक्रेनको सुरक्षा सेवा (एसबीयू)का अनुसार, बाल्टिक सागरको रुसी तटमा रहेको उस्त–लुगा तेल निर्यात केन्द्रविरुद्ध सञ्चालन गरिएको बृहत् ड्रोन आक्रमणका क्रममा ‘नारो–फोमिन्स्क’ नामक रुसी युद्धपोतलाई पनि निशाना बनाइएको थियो । नागरिक समुद्री यातायातका लागि खुला बाल्टिक सागर क्षेत्रमा युक्रेनले रुसी युद्धपोतलाई निशाना बनाएको यो पहिलो घटना हो । यसले युक्रेनले आफ्नो सैन्य कारबाहीको दायरा थप विस्तार गर्न सक्ने संकेत गरेको विश्लेषण गरिएको छ । युक्रेनको निकट युरोपेली सहयोगीमध्ये एक फिनल्यान्डले यस घटनालाई रुसले सुरु गरेको पूर्णस्तरीय युद्धको प्रत्यक्ष परिणामका रूपमा चित्रण गरेको छ । फिनिस सेनाले घटनाबारे सीमित विवरण सार्वजनिक गरे पनि आक्रमण फिनल्यान्डको तटबाट केही दूरीमा रहेको साँघुरो जलक्षेत्रमा भएको बताइएको छ । फिनल्यान्डकी विदेशमन्त्री एलिना भाल्टोनेनले बाल्टिक सागरको अवस्था स्थिर र सुरक्षित रहेको तथा समुद्री यातायातमा कुनै खतरा नरहेको बताएकी छन् । यद्यपि, रक्षा अधिकारीहरूले उक्त खाडी तेल ट्यांकर र अन्य नागरिक जहाजले प्रयोग गर्ने साँघुरो जलमार्ग हुनुका साथै समुद्रमुनि सञ्चारका डाटा केबलहरू पनि रहेकाले यस क्षेत्रमा थप जोखिम निम्तिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । बीबीसी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित
Latest NewsJust now

डेब्यु खेलमै माहली बियर्डम्यानको ६ विकेट, अस्ट्रेलियाद्वारा इंग्ल्यान्ड ७ विकेटले पराजित

पर्थ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका तीव्र गतिका बलर माहली बियर्डम्यानले ६ विकेट लिएपछि पहिलो एकदिवसीय खेलमा आयोजक अस्ट्रेलियाले इंग्ल्यान्डमाथि ७ विकेटको सानदार जित हात पारेको छ। पर्थ रंगशालामा जितका... ...

रातोपाटी
न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित
Latest NewsJust now

न्युजिल्यान्डविरुद्ध भारत २४४ रनले पराजित

काठमाडाैं । न्युजिल्यान्ड र भारतबीच भएको चौथो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा न्युजिल्यान्डले भारतलाई २४४ रनको भारी अन्तरले पराजित गरेको छ। टस जितेर पहिले बलिङ रोजेको भारतसामू न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ३३३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। न्युजिल्यान्डका लागि विल योङले १०८ बलमा उत्कृष्ट १२५ रनको शतकीय पारी खेले भने टिम सेफर्टले ४८ बलमा ५८ रन र फिन एलेनले ३० बलमा ४१ ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play