नेपाली बजारमा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक भएको छ। नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज शुक्रबार नेपाल कला परिषद्मा यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको हो। यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड तीन भेरियन्टमा सार्वजनिक भएको छ। फ्यासिनो एस, फ्यासिनो ड्रम र फ्यासिनो डिक्स गरी तीन भेरियन्टमा उपलब्ध छ। फ्यासिनो एसको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ, फ्यासिनो ड्रमको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ र फ्यासिनो डिक्सको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ। फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गर्ने क्रममा एमएडब्यु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले यामाहा नेपालमा विभिन्न सर्वेक्षणका आधारमा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित भएको बताए। यामाहाको छुट्टै डिजाइन, ब्रान्ड पहिचान र उत्पादन निर्माणमा अपनाइने सूक्ष्मता तथा गुणस्तरप्रतिको प्रतिबद्धताले ब्रान्डलाई विशिष्ट बनाएको उनले बताए। ‘हामीले विभिन्न सर्वेक्षण गरेका छौँ। त्यसको नतिजाले यामाहा नेपालमा निकै प्रेरणादायी ब्रान्ड बनेको देखाएको छ। यामाहाको डिजाइन र छुट्टै पहिचान नै यसलाई प्रेरणादायी ब्रान्ड बनाउने महत्त्वपूर्ण कारण हो,’ अग्रवालले भने, ‘यामाहाले गर्ने काम निकै सूक्ष्म रूपमा गर्छ। सानो परिवर्तन गर्न पनि समय लगाउँछ। किनकि उनीहरू पूर्णता र सूक्ष्मतामा विश्वास गर्छन्। त्यसैले केही समय लागे पनि यामाहाले ल्याउने उत्पादन असाधारण र प्रेरणादायी हुन्छ।’ कम्पनीले परीक्षण गरिसकेपछि मात्रै यामाहाका उत्पादन ग्राहकको हातमा पुग्ने उनले बताए। ‘त्यसैले हामीले दिने उत्पादन उत्कृष्ट गुणस्तरका हुन्छन्’, उनले भने।
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक, सुरुवाती मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ

Read Complete Original Article
Published originally on पर्दाफास






