Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । यामाहा नेपालले दसैँ–तिहार लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेतालाई सम्मान गरेको छ। अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् भने पोखराका तेजबहादुर थापाले ब्रान्ड न्यू यामाहा आर१५ एस मोटरसाइकल प्राप्त गरेका छन्। सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। अभियानको ग्रान्ड प्राइज विजेता बनेसँगै उनले १०.३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी हुन्। त्यस्तै, पोखराका तेजबहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक डिलर भीएडब्लू इन्टरप्राइजेज प्रालिबाट सोही मोडलको स्कुटर खरिद गरेपछि यामाहा आर१५ एस मोटरसाइकल जितेका छन्। यामाहाका अनुसार अभियानमा देशभरबाट एक लाखभन्दा बढी ग्राहकले दर्ता गराएका थिए। यस क्रममा हजारौँ ग्राहकले १० हजारदेखि १० लाख रुपैयाँसम्मका नगद पुरस्कार जित्ने अवसर पाएका थिए। साथै, साप्ताहिक विजेताहरूलाई एप्पलका विभिन्न ग्याजेट प्रदान गरिएको थियो। अभियान अवधिभर १० हजारभन्दा बढी ग्राहकले यस्ता ग्याजेट जितेको कम्पनीले जनाएको छ। दसैँ–तिहारलाई लक्षित गरी ल्याइएको यस अभियानमार्फत यामाहाले मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकलाई नगद पुरस्कार र विभिन्न उपहार जित्ने अवसर दिएको थियो। ग्राहकलाई सवारीसाधन खरिदको अनुभव थप विशेष बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको कम्पनीको भनाइ छ। नेपालभर १०५ भन्दा बढी आधिकारिक डिलर रहेको यामाहाले बिक्री, सर्भिस र स्पेयर पाट्र्स (थ्रीएस) सुविधामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ। कम्पनीले मोटरसाइकल तथा स्कुटरको बिक्रीसँगै बिक्रीपछिको सेवा र सक्कली स्पेयर पाट्र्सको उपलब्धतालाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। The post यामाहा नेपालद्वारा ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ दसैँ–तिहार अभियानका विजेताहरू सम्मानित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
महाभियोगको वैश्विक अभ्यास र नेपालको संवैधानिक व्यवस्था
Latest NewsJust now

महाभियोगको वैश्विक अभ्यास र नेपालको संवैधानिक व्यवस्था

महाभियोग लोकतान्त्रिक शासन व्यवस्था र संवैधानिक प्रणाली भएका मुलुकमा उच्च पदाधिकारीलाई जवाफदेही बनाउने महत्वपूर्ण कानुनी तथा राजनीतिक प्रक्रिया हो । राष्ट्रपति, उपराष्ट्रपति, सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीश र संवैधानिक निकायका प्रमुखजस्ता... ...

रातोपाटी
मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन
Latest NewsJust now

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षाको अवस्था बुझ्न काठमाडौँको बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरेजमा छड्के अनुगमन गरेकी छिन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी कोल्ड स्टोरेजमा पुगेकी हुन् । छड्के अनुगमनका क्रममा उनले मासुको भण्डारण अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर ...

टक्सार
स्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलस्थित एक होटलबाट प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ र विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ठमेलको स्नोलाइन होटलबाट उनीहरूलाई पक्राउ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement