काठमाडौं । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित नेपाल-जापान फेस्टिभल २०२६ मा एमएडब्लु राइड्सले यामाहा एक्सएसआर १५५ को नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । नयाँ खरानी-हरियो मेटालिक भेरियन्टको मूल्य पाँच लाख ६४ हजार नौ सय निर्धारण गरिएको छ, जुन यसअघि उपलब्ध ब्ल्याक भेरियन्टकै मूल्य हो । कार्यक्रममा एमएडब्लु ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाल र जापानबीचको ७० वर्ष लामो मित्रता तथा सहकार्यको महत्त्वबारे चर्चा गर्दै सन् १९५५ मा स्थापना भएको यामाहा मोटरको ७१ वर्ष लामो यात्रा स्मरण गर्नुभएको थियो ।
यामाहा एक्सएसआर १५५ को नयाँ भेरियन्ट

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






