Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल
Photo / Coverage: हिमालय टाइम्स

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ। जिल्लाका १३ वटै स्थानीय तहको साझा पहल र लागत साझेदारीमा बर्दियाको कोठियाघाटबाट ल्याइएको पुल आइतबार तयार भएको हो। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले फुर्केखोलाको पक्की पुल बगाएपछि सदरमुकाम धादिङबेँसीसहित उत्तरी क्षेत्रका आठ स्थानीय तहको राष्ट्रिय राजमार्गसँगको सहज सडक सम्पर्क विच्छेद भएको थियो। पन्टुन पुल सञ्चालनमा आएपछि पहिलो चरणमा हलुका सवारीसाधन तथा अत्यावश्यक सेवाका सवारीसाधनलाई आवागमनको अनुमति दिइनेछ। त्यसपछि प्राविधिक मापदण्ड र भारवहन क्षमताको परीक्षणका आधारमा क्रमशः अन्य सवारीसाधन सञ्चालन गर्नेबारे निर्णय गरिने पुलका प्राविधिक शशिशेखर वाग्लेले बताउनुभयो । उहाँका अनुसार अत्यधिक भार भएका हेभी सवारीसाधनका हकमा भने तोकिएको क्षमताअनुसार अधिकतम १० टनसम्मका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ।पन्टुन पुलको ढुवानी, एप्रोच सडक निर्माण, रङरोगन तथा जडानलगायतका काममा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त खर्च धादिङका १३ वटै स्थानीय तहले संयुक्त रूपमा लागत साझेदारी गरी व्यहोर्ने जनाएको छ।तस्बिरहरुः हीरालाल गुरुङ

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनुसन्धानका क्रममा संकलित सूचना सार्वजनिक गरे विभागीय कारबाही गर्ने प्रहरीको चेतावनी
Latest NewsJust now

अनुसन्धानका क्रममा संकलित सूचना सार्वजनिक गरे विभागीय कारबाही गर्ने प्रहरीको चेतावनी

प्रहरी प्रधान कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनधिकृत रूपमा चुहावट भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । ...

कान्तिपुर
धादिङमा वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ
Latest NewsJust now

धादिङमा वृद्धको हत्या आरोपमा छिमेकी पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–८ कटुन्जेमा ६५ वर्षीय हरिबहादुर ढुंगानाको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ३८ वर्षीय सूर्यबहादुर थिङलाई पक्राउ गरेको छ । मंसिर १२ गते आफ्नै घरको कोठामा ढुंगानाको शव... ...

रातोपाटी
इजरायलमा राष्ट्रिय एकताको सरकार गठनका लागि पहल, नेतान्याहू र आइसेनकोटबिच छलफल
Latest NewsJust now

इजरायलमा राष्ट्रिय एकताको सरकार गठनका लागि पहल, नेतान्याहू र आइसेनकोटबिच छलफल

काठमाडाैँ । इजरायलमा जारी राजनीतिक गतिरोध अन्त्य गर्दै नयाँ सरकार गठनका लागि सहमतिको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यवाहक प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र विपक्षी नेता गादी आइसेनकोटबीच आइतबार वार्ता भएको छ।... ...

रातोपाटी
पाकिस्तानले साउदी पठायो आफ्नो सेना
Latest NewsJust now

पाकिस्तानले साउदी पठायो आफ्नो सेना

मक्का संयुक्त रक्षा सम्झौताअन्तर्गत पाकिस्तानले साउदी अरबलाई सुरक्षा प्रदान गर्न आफ्नो सेना त्यहाँ पठाएको छ। यमनका हुथी विद्रोहीले निरन्तर आक्रमण गरिरहेका बेला पाकिस्तानी सेनाले साउदीलाई आफ्नो रक्षामा सहयोग गर्नेछ। पाकिस्तानले मक्का र मदिनाका दुई पवित्र मस्जिदको सुरक्षामा पनि मद्दत गर्नेछ। साउदी अरेबियाका अनुसार हुथी विद्रोहीले बारम्बार मस्जिदलाई निसाना... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement