कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि विभिन्न कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिको मूल्यसूचीअनुसार आज ठूलो नेपाली गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ, सानो लोकल गोलभेडा २० रुपैयाँ र टनेल गोलभेडा ४० रुपैयाँ रहेको छ। आलुतर्फ रातो लाम्चो, रातो गोलो र रातो मुडे आलु प्रतिकिलो ५५ रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २५ रुपैयाँ रहेको छ। भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँ तोकिएको छ। त्यस्तै, लोकल बन्दा प्रतिकिलो २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ र डल्लो भन्टा ५० रुपैयाँ रहेको छ। घिउ सिमी लोकल र हाइब्रिड प्रतिकिलो ५० रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ७० रुपैयाँ र लौका ४० रुपैयाँ रहेको छ। सागसब्जीतर्फ रायोको साग प्रतिकिलो ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, चकसूरको साग १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ रहेको छ। यस्तै, कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ५०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ र चुकन्दर ८० रुपैयाँ रहेको छ। फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, मुस्ताङको स्याउ २०० रुपैयाँ, जुम्लाको स्याउ २५० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १०० रुपैयाँ र मालभोग केरा १०० रुपैयाँ रहेको छ। त्यस्तै, कागती प्रतिकिलो १५० रुपैयाँ र अनार ३०० रुपैयाँ तोकिएको छ।
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

Read Complete Original Article
Published originally on पर्दाफास






