Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Share:WhatsAppFacebookX (Twitter)Telegram
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६० पैसा रहेको छ । खाडी मुलुकका मुद्राहरूमध्ये साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा कायम भएको छ । कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८७ पैसा रहेको छ । यसैगरी, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा तोकिएको छ । कुवेती दिनार एकको खरिददर ४७९ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८१ रुपैयाँ ९२ पैसा छ । बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ०५ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा निर्धारण गरिएको छ । अन्य प्रमुख मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४० पैसा र बिक्रीदर १०३ रुपैयाँ ८२ पैसा र सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३८ पैसा कायम भएको छ । यसैगरी, जापानी येन१० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा, मलेसियन रिंगिट एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा तथा दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११ रुपैयाँ ०९ पैसा तोकिएको छ । राष्ट्र बैंकले तोकेको यो विनिमय दरलाई वाणिज्य बैंकहरूले आवश्यकतानुसार केही हेरफेर गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राति गाउँमा आएको हात्ती धपाउन आगो बालेर बसेकामाथि नै हात्तीको आक्रमण
Latest NewsJust now

राति गाउँमा आएको हात्ती धपाउन आगो बालेर बसेकामाथि नै हात्तीको आक्रमण

सप्तरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको हात्तीको आक्रणबाट घटनास्थलमै मृत्यु भएको हो। गएराति १ बजे उनलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए। बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका बेला आएको हात्तीले श्... ...

नेपालखबर
हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु
Latest NewsJust now

हात्तीको आक्रमणबाट सप्तरीमा एक जनाको मृत्यु

आज बिहान १ बजे हात्तीको आक्रमणमा परी सोही पालिका–६ वीरेन्द्र बजारका ५३ वर्षीय सुवबहादुर श्रेष्ठको घटनास्थलमा मृत्यु भएको हो । ...

कान्तिपुर
नयाँ उचाइमा अटुट सम्बन्ध
Latest NewsJust now

नयाँ उचाइमा अटुट सम्बन्ध

दुई छिमेकी नेपाल र भारतबिचको अविरल अटुट सम्बन्धले नयाँ उचाइ लिएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिवसीय भारत भ्रमणले आपसी विश्वास र सहकार्यलाई थप घनीभूत बनाएको छ । नेपाल र भ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement