Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
यमपञ्चक सुरु, आज काग तिहार मनाइँदै
Photo / Coverage: पर्दाफास

हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड तिहार अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन आज घर–घरमा कागको पूजा गरी काग तिहार मनाइँदै छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारमा कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने धार्मिक परम्परा रहेको छ । यस दिन कागलाई पूजा नगरे र खान नदिए पाप लाग्ने धार्मिक विश्वाससमेत रहिआएको छ । काग तिहारका अवसरमा बिहानै घरआँगनमा कागलाई बोलाएर खानेकुरा दिने चलन छ। घरमा तयार गरिएका मिठा परिकार कागलाई चढाएर पूजा गर्ने गरिन्छ । धार्मिक मान्यताअनुसार कागलाई अशुभ सन्देश प्रवाह गर्ने पक्षीका रूपमा लिइने भए पनि यमराजको दूतका रूपमा यसको विशेष महत्त्व रहेको छ । धर्मशास्त्रहरूमा नरक लोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसलगायत सम्पूर्ण जीवित प्राणीको जन्म र मृत्युको विवरण राख्ने उल्लेख गरिएको छ । त्यस्तो विवरण आदानप्रदान गर्ने जिम्मेवारी कागले पाएको धार्मिक विश्वास छ। आकाशमार्गबाट छिटो सन्देश पु¥याउन र ल्याउन सक्ने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको पौराणिक मान्यता रहेको छ। काग तिहारसँगै सुरु हुने तिहार पर्वले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक सम्बन्ध, आपसी सद्भाव र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्ने गर्दछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
OthersJust now

आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना

२१ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक… ...

अनलाइन खबर
बारामा एक युवक मृ*त फेला
OthersJust now

बारामा एक युवक मृ*त फेला

२१ कात्तिक, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानामा एक युवक मृ*त भेटिएका छन् । स्थानीय ३० वर्षीय बिरेन्द्र माझीको शव जीतपुरसिमरा १५ स्थित विशेष आर्थिक क्षेत्र (सेज) को खेतमा रहेको कुलोमा फेला परेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए । शनिबार बिहान खेतमा काम गर्न गएका स्थानीयले माझीको शव देखेपछि प्रहरीलाई… ...

अनलाइन खबर
जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुन:निर्माण
OthersJust now

जाइकाले सुरु गर्‍यो वीपी राजमार्गको पुन:निर्माण

प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुन:निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुन:निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुन:निर्माणको लागि जाइकासँग रु दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु ...

पर्दाफास
१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
OthersJust now

१२.०२ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

सुर्खेतको वीरेन्द्रनगरबाट लागू औषध खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका-१३, करेखोलाबाट २ जनालाई ३.१९० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूको बयान तथा थप अनुसन्धानका क्रममा लागू औषध कारोबारमा संलग्न वीरेन्द्रनगर–१२ का थप दुई जनालाई ८.८३० ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनीहरूबाट कुल १२.०२ ग्राम ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play