Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मौद्रिक नीति संवादका आधारमा तर्जुमा गरियो, नीतिगत स्थिरतामा जोड दिइएको छ: गभर्नर डा. पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
मौद्रिक नीति संवादका आधारमा तर्जुमा गरियो, नीतिगत स्थिरतामा जोड दिइएको छ: गभर्नर डा. पौडेल
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले मौद्रिक नीति संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतामा जोड दिइएको बताएका छन् । नेपाल बैंकर्स संघको ४०औँ वार्षिक साधारण सभामा यस्तो बताए । उनले सेयर बजार, विदेशी विनिमय, सुधार र सुपरिवेक्षणका क्षेत्रमा क्रमिक सुधार अघि बढाइने बताए । अहिले विदेशी मुद्रा सञ्चिति र तरलता बढेको उल्लेख गर्दै आगामी वर्षका लागि स्थिरता कायम राख्ने प्रतिबद्धता व्यक्त गरे । साथै बैंकहरूले मौद्रिक नीतिअनुसारका उत्पादन ल्याउन, कृषि तथा साना–मझौला उद्योगमा लगानी बढाउन, उद्यमीलाई प्रोत्साहन गर्न र शीर्ष तहभन्दा तल्लो तहका साना व्यवसायी तथा सर्वसाधारणमा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा संघद्वारा बैंकिंग क्षेत्रमा विशिष्ट योगदान प्रदान गर्ने व्याक्तित्वको रुपमा सम्मानित संघका पूर्वअध्यक्ष उपेन्द्र पौड्यालले चार दशकको बैंकिङ यात्रालाई सम्झँदै यो उपलब्धि व्यक्तिगत नभई सहकर्मी, नियामक, ग्राहक, सेयरधनी र परिवारको सामूहिक योगदानको परिणाम भएको बताए । उनले नेतृत्वको वास्तविक मापन पद र संस्था नभइ आफ्नो पुस्ताले अर्को पुस्तालाई के हस्तान्तरण गर्छ भन्ने कुराले हुन्छ बताए । अहिलेको कठिन आर्थिक चरण बढ्दो निष्क्रिय कर्जा र सुस्त आर्थिक गतिविधिलाई सिक्ने र सुधार गर्ने अवसरका रूपमा लिन आग्रह गरे । साथै नीतिगत र भूराजनीतिक अनिश्चितताबीच पनि वृद्धि र विवेकशीलता, नवप्रवर्तन र सुशासनबीच सन्तुलन कायम राख्न सकेका संस्था नै दिगो रूपमा सफल हुने उनको धारणा थियो । उनले बैंकरहरू, सञ्चालक, लगानीकर्ता र नीति निर्मातालाई संस्थाको दीर्घकालीन स्वास्थ्य र अर्थतन्त्रलाई केन्द्रमा राख्न, ठूला मात्र नभई राम्रा बैंक बनाउन तथा विश्वासमा कहिल्यै सम्झौता नगर्न आह्वान गरे । संघका नवनिर्वाचित अध्यक्ष सुरेन्द्र राज रेग्मीले बैंकिङ क्षेत्रप्रति जनविश्वास अझ बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले कृषि तथा साना–मझौला उद्योगमा लगानी विस्तार, वित्तीय स्थिरता कायम राख्ने र डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै अघि बढ्ने बताए । साथै बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन संवादमार्फत सबै सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । The post मौद्रिक नीति संवादका आधारमा तर्जुमा गरियो, नीतिगत स्थिरतामा जोड दिइएको छ: गभर्नर डा. पौडेल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख
Latest NewsJust now

विद्यालयको खर्च जुटाउन देउसी भैलो, जुट्यो झन्डै २९ लाख

धनकुटाको पाख्रीबास नगरपालिका फलाँटेस्थित अमर माविले विद्यालयको खर्च व्यवस्थापन, सञ्चित कोष निर्माण, खेलमैदान विकास तथा शैक्षिक सुधारका लागि देउसी भैलो खेलेर २८ लाख ८८ हजार रुपैयाँ संकलन गरेको छ । ...

कान्तिपुर
सेवाग्राहीसँग रकम असुलेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित
Latest NewsJust now

सेवाग्राहीसँग रकम असुलेको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बित

बुटवल । सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी जवान निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय... ...

रातोपाटी
पाँच वर्षमा हुन्डीविरुद्ध १९७ अनुसन्धान : सञ्जाल अन्तरदेशीय रूपमा फैलियाे
Latest NewsJust now

पाँच वर्षमा हुन्डीविरुद्ध १९७ अनुसन्धान : सञ्जाल अन्तरदेशीय रूपमा फैलियाे

काठमाडौँ । पछिल्लो पाँच आर्थिक वर्षमा नेपाल प्रहरीले अवैध वित्तीय कारोबार (हुन्डी) विरुद्ध १९७ वटा अनुसन्धान अगाडि बढाउँदै ३ अर्ब ८७ करोड २ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइले नोभेम्बर २०२६ मा सार्वजनिक गरेको ‘रणनीतिक विश्लेषण प्रतिवेदन, २०२६ (हुन्डी)’ अनुसार उक्त अवधिमा अदालतबाट २ अर्ब ७३ करोड ६२ लाख रुपैयाँ बराबरको सम्पत्ति ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement