Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो
Photo / Coverage: टेक्नोलोजी खबर

नेपालमा मोबाइल इन्टरनेट प्रयोगको स्वरूप पछिल्ला पाँच वर्षमा निकै बदलिएको छ। कुनै समय मोबाइल इन्टरनेटको प्रमुख माध्यम रहेको थ्रीजी सेवा अहिले लगभग विस्थापित हुने अवस्थामा पुगेको छ। यसको ठाउँ फोरजी सेवाले लिँदै गएको तथ्याङ्कले देखाउँछ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा यसबारे प्रस्ट पारिएको छ। प्रतिवेदन अनुसार जनसङ्ख्याको आधारमा मोबाइल ब्रोडब्यान्ड सेवाको अवस्था हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ३४.४५ प्रतिशत जनसङ्ख्यामा थ्रीजी सेवाको पहुँच थियो। आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा यो घटेर २.५७ प्रतिशतमा सीमित भएको छ। यही अवधिमा फोरजी सेवाको पहुँच भने ६३.६३ प्रतिशतबाट बढेर ९२.५२ प्रतिशत पुगेको छ। पाँच वर्षअघिको अवस्थासँग तुलना गर्दा मोबाइल इन्टरनेटमा फोरजी को विस्तार कति तीव्र भएको छ भन्ने यसले देखाउँछ। आर्थिक वर्ष २०७८/७९ मा कुल मोबाइल ब्रोडब्यान्डको सूचक ९८.०८ प्रतिशत थियो। त्यसबेला फोरजीको पहुँच ६३.६३ प्रतिशत र थ्रीजीको ३४.४५ प्रतिशत थियो। अर्थात् मोबाइल ब्रोडब्यान्डमा फोरजी अगाडि भए पनि थ्रीजी प्रयोगको हिस्सा पनि ठूलो थियो। एक वर्षपछि २०७९/८० मा थ्रीजीको सूचक घटेर २६.५१ प्रतिशतमा झर्‍यो। फोरजी भने बढेर ६९.०४ प्रतिशत पुग्यो। यो वर्ष कुल मोबाइल ब्रोडब्यान्डको सूचक पनि अघिल्लो वर्षको ९८.०८ प्रतिशतबाट घटेर ९५.५५ प्रतिशतमा सीमित भयो। आर्थिक वर्ष २०८०/८१ मा फोरजीको विस्तार थप तीव्र देखियो। उक्त वर्ष फोरजीको सूचक ७६.२३ प्रतिशत पुग्दा थ्रीजीको २५.७८ प्रतिशतमा झरेको थियो। कुल मोबाइल ब्रोडब्यान्डको सूचक भने बढेर १०२.०१ प्रतिशत पुग्यो। पाँच वर्षको तथ्याङ्कमा यो सबैभन्दा उच्च हो। तर २०८१/८२ मा मोबाइल ब्रोडब्यान्डको समग्र सूचक घटेर ९०.८६ प्रतिशतमा झर्‍यो। कुल सूचक घटे पनि फोरजीको विस्तार भने रोकिएन। यस वर्ष फोरजीको पहुँच ८७.९० प्रतिशत पुग्यो। अघिल्लो वर्ष ७६.२३ प्रतिशत रहेको यो सूचक एकै वर्षमा ११.६७ प्रतिशत विन्दुले बढेको हो। यसको ठीक उल्टो थ्रीजीको सूचक भने २५.७८ प्रतिशतबाट एकै वर्षमा घटेर २.९६ प्रतिशतमा झर्‍यो। पाँच वर्षको अवधिमा थ्रीजी मा देखिएको यो सबैभन्दा ठूलो वार्षिक गिरावट हो। आर्थिक वर्ष २०८२/८३ मा पनि यही प्रवृत्ति कायम रह्यो। फोरजीको सूचक बढेर ९२.५२ प्रतिशत पुग्दा थ्रीजी थप घटेर २.५७ प्रतिशतमा सीमित भयो। कुल मोबाइल ब्रोडब्यान्डको सूचक भने अघिल्लो वर्षको ९०.८६ प्रतिशतबाट बढेर ९५.०९ प्रतिशत पुगेको छ। मोबाइल इन्टरनेटको बजारमा फोरजी स्थापित पछिल्ला पाँच वर्षको तथ्याङ्कले थ्रीजीबाट फोरजी तर्फ प्रयोगकर्ताको आकर्षण र सेवाको विस्तार तीव्र भएको देखाउँछ। २०७८/७९ देखि २०८२/८३ सम्म आइपुग्दा थ्रीजी को सूचक ३१.८८ प्रतिशत विन्दुले घटेको छ भने फोरजी को २८.८९ प्रतिशत विन्दुले बढेको छ। विशेषगरी २०८०/८१ पछि थ्रीजीको सूचकमा आएको ठूलो गिरावटले मोबाइल इन्टरनेटको बजारमा प्रविधिगत परिवर्तन तीव्र भएको देखाउँछ। पछिल्लो दुई वर्षमा मात्रै थ्रीजी को सूचक २५.७८ प्रतिशतबाट २.५७ प्रतिशतमा झरेको छ। उता फोरजी भने ७६.२३ प्रतिशतबाट बढेर ९२.५२ प्रतिशत पुगेको छ। तर कुल मोबाइल ब्रोडब्यान्डको सूचकमा भने निरन्तर वृद्धि देखिँदैन। २०७८/७९ मा ९८.०८ प्रतिशत रहेको यो सूचक २०७९/८० मा घटेको थियो। २०८०/८१ मा १०२.०१ प्रतिशत पुगेपछि २०८१/८२ मा फेरि ९०.८६ प्रतिशतमा झरेको थियो। पछिल्लो वर्ष केही सुधार भएर ९५.०९ प्रतिशत पुगेको छ। The post मोबाइल इन्टरनेटमा फोरजीको दबदबा बढ्दै, थ्रीजीको प्रयोग २.५७ प्रतिशतमा झर्‍यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि
TechnologyJust now

नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. राजन विक्रम थापाको शैक्षिक र व्यावसायिक पृष्ठभूमि

१९ कात्तिक, काठमाडौं। नेपाल सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. राजन विक्रम थापालाई नियुक्त गरेको छ। योग्यता सम्बन्धी विवादका कारण तत्कालीन अध्यक्ष शरद ओझा २०८२ भाद्र २ गते बर्खास्त भएपछि प्राधिकरण सहसचिवहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। करिब एक वर्षको अन्योलपछि प्राधिकरणले पूरा चार वर्षका लागि स्थायी कार्यकारी […] The post नेपाल बीमा प्राधिकरणका ...

आइसिटी फ्रेम
एआईको बढ्दो बजारलाई लक्षित गर्दै मार्भेलले ११५ अर्ब डलरमा लुमेन्टम किन्ने
TechnologyJust now

एआईको बढ्दो बजारलाई लक्षित गर्दै मार्भेलले ११५ अर्ब डलरमा लुमेन्टम किन्ने

चिप निर्माता कम्पनी मार्भेल टेक्नोलोजीले अप्टिकल कम्पोनेन्ट उत्पादक कम्पनी लुमेन्टमलाई ११५ अर्ब अमेरिकी डलरमा खरिद गर्ने भएको छ। ऋणसमेत समेटिएको यो कारोबार प्रविधि उद्योगकै सबैभन्दा ठूला अधिग्रहणमध्ये एक हो। यसमार्फत मार्भेलले कृत्रिम बुद्धिमता (एआई) पूर्वाधार विस्तारसँगै आगामी वर्षहरूमा चिपको माग बढ्ने अपेक्षामा ठूलो लगानी गर्न लागेको हो। सोमबार सार्वजनिक गरिएको पूर्ण सेयर कारोबारमा दुई कम्पनी एक हुनेछन्। चिप निर्माता कम्पनी एनभिडियाको लगानी ...

टेक्नोलोजी खबर
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गराए शपथ
TechnologyJust now

नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापा नियुक्त: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गराए शपथ

१९ कात्तिक, काठमाडौं। सरकारले नियामक निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा राजन बिक्रम थापालाई नियुक्त गरेको छ। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नयाँ अध्यक्षका रूपमा चयन गरेको हो। अध्यक्ष पदमा नियुक्तिपछि बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा […] The post नेपाल बीमा प्राधिकरणको ...

आइसिटी फ्रेम
सन् २०२८ देखि व्यापक स्तरमा ड्रोन पत्ता लगाउने प्रणाली जडान गर्ने लक्ष्यमा एरिक्सन
TechnologyJust now

सन् २०२८ देखि व्यापक स्तरमा ड्रोन पत्ता लगाउने प्रणाली जडान गर्ने लक्ष्यमा एरिक्सन

एरिक्सनको एकीकृत सेन्सिङ तथा सञ्चार (आईएसएसी) प्रविधिमा आधारित ड्रोन पत्ता लगाउने प्रणाली व्यावसायिक प्रयोगका लागि लगभग तयार भएको छ। स्विडिस दूरसञ्चार उपकरण निर्माता एरिक्सनले पछिल्लो समय आफ्नो यो प्रविधिको क्षमता पटक-पटक प्रदर्शन गर्दै आएको छ। कम्पनीले सार्वजनिक गरेको नयाँ जानकारीअनुसार सन् २०२७ मा छनोट गरिएका ग्राहकसँग व्यावसायिक परीक्षण सुरु गर्ने र त्यसपछि सन् २०२८ देखि ठूलो स्तरमा प्रणाली जडान गर्ने योजना ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play