Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

मोदीले बालेनलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मोदीले बालेनलाई गराए ‘गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी
Photo / Coverage: पर्दाफास

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको बहुआयामिक यातायात तथा पूर्वाधार सम्पर्क सञ्जाल विकाससम्बन्धी ‘प्रधानमन्त्री गतिशक्ति राष्ट्रिय गुरुयोजना’बारे जानकारी गराएका छन् ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीबीचको वार्तापछि हैदराबाद हाउसस्थित विद्या हलमा आयोजित कार्यक्रममा मोदीले उक्त गुरुयोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया र महत्त्वबारे जानकारी गराएका हुन् ।

सन् २०२१ मा प्रधानमन्त्री मोदीले सुरु गरेको उक्त गुरुयोजनाले भारतमा सडक, रेलमार्ग, जलमार्ग, विमानस्थललगायत यातायात पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राखेको छ । यसमार्फत वस्तु तथा यात्रुको आवागमन सहज बनाउने र पूर्वाधार विकासका आयोजनालाई प्रभावकारी बनाउने भारतको उद्देश्य छ ।

गुरुयोजनाले विभिन्न मन्त्रालय तथा सरकारी निकायबीच समन्वय गरी पूर्वाधार आयोजनाको योजना निर्माण, कार्यान्वयन र अनुगमनलाई व्यवस्थित बनाउने लक्ष्यसमेत लिएको छ ।

प्रधानमन्त्री शाहलाई यस योजनाबारे जानकारी गराउनुलाई नेपाल–भारतबीच पूर्वाधार विकास, यातायात सञ्जाल र क्षेत्रीय सम्पर्क विस्तारका सम्भावनाका दृष्टिले पनि महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेन र मोदीले गरे जनकपुर-अयोध्या रेलको उद्घाटन
OthersJust now

बालेन र मोदीले गरे जनकपुर-अयोध्या रेलको उद्घाटन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जनकपुर–अयोध्या जोड्ने रेल उद्घाटन गरेका छन्। सोमबार नयाँ दिल्लीमा दुवै देशका प्रधानमन्त्रीले हरियो झन्डा हल्लाएर उद्घाटन गरेका हुन्। करिब ६०४ किलोमिटर दूरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमनलाई अझ सहज बनाउने योजना छ। भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एकपटक दुईतर्फी रूपमा चल्नेछ । रेलवे बोर्डको ...

पर्दाफास
चाया नहटेर हैरान हुनुहुन्छ ? यसरी घरमै बनाउनुहोस् ‘एन्टी-डन्ड्रफ’ स्याम्पू
OthersJust now

चाया नहटेर हैरान हुनुहुन्छ ? यसरी घरमै बनाउनुहोस् ‘एन्टी-डन्ड्रफ’ स्याम्पू

जाडो मौसममा धेरैलाई आइपर्ने एक साझा समस्या हो– कपालमा चाया पर्नु । यो समयमा हावामा आर्द्रता कम हुँदा छाला सुख्खा हुन सक्छ, जसले टाउकोको छालामा पनि सुख्खापन बढ्छ् । यसले चिलाउने समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चाया पर्नु सामान्य हो । यो आम समस्या भए पनि यसलाई बेवास्ता गर्दा पछि गएर कपाल झर्ने समस्या… ...

अनलाइन खबर
नेपालले माग्यो धाम्रा र मुन्द्रा बन्दरगाह, भारतले दियो कान्डला र पारादीपको पहुँच
OthersJust now

नेपालले माग्यो धाम्रा र मुन्द्रा बन्दरगाह, भारतले दियो कान्डला र पारादीपको पहुँच

नेपालले उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोग गर्न मागेको थियो । ...

अनलाइन खबर
नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा
OthersJust now

नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने मोदीको घोषणा

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भारतले नेपाललाई दुई खर्ब ४० अर्ब भारु आर्थिक सहयोगको घोषणा गरेको छ । आज बालेनसँगको भेटघाटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनको क्रममा मोदीले आर्थिक सहयोग घोषणा गरेका हुन् । त्यसमध्ये कति सहुलियतपूर्ण ऋण (लाइन अफ क्रेडिट) र कति अनुदानको हिस्सा रहने घोषणा गरिएको छैन । नेपालले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement