काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को रोमाञ्च अहिले क्रिकेट मैदानमा मात्र सीमित छैन, देशका विभिन्न सहरमा पनि फैलिएको छ। आफ्नो मनपर्ने टोलीको खेल हेर्न क्रिकेटप्रेमीहरू ठूलो पर्दाअघि भेला भइरहेका छन्। कोही साथीभाइसँगै खेलको मजा लिइरहेका छन् त कोही आफ्नो टोलीले चौका–छक्का प्रहार गर्दा हुटिङ गर्दै उत्सव मनाइरहेका छन्। एनपीएलको तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिंकले देशका १० स्थानमा सञ्चालन गरेको ‘एक्स्ट्रिम फ्यानपार्क’ अहिले क्रिकेटप्रेमीका लागि आकर्षणको केन्द्र बनेको छ। ठूला एलईडी स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण हेर्न पाउँदा दर्शकले आफ्नै सहरमा बसेर क्रिकेटको माहोल अनुभव गरिरहेका छन्। काठमाडौंको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको गेट नम्बर २ अगाडिको मैदानमा फ्यानपार्क सञ्चालन गरिएको छ। त्यस्तै, धनगढी, सुर्खेत, बुटवल, पोखरा, चितवन, जनकपुर र विराटनगरमा पनि दर्शकले फ्यानपार्कमार्फत एनपीएलका खेल हेर्ने अवसर पाएका छन्। फ्यानपार्कमा खेल हेर्न आउने दर्शकका लागि प्रवेश निःशुल्क राखिएको छ। ठूलो स्क्रिनमा खेल हेर्दै आफ्नो टोलीलाई समर्थन गर्ने, खेलाडीले राम्रो प्रदर्शन गर्दा ताली र हुटिङ गर्ने तथा चौका–छक्का लाग्दा सामूहिक रूपमा खुसी साट्ने दृश्यले फ्यानपार्कको माहोल थप रोमाञ्चक बनाएको छ। एक्स्ट्रिमले फ्यानपार्कलाई खेल प्रसारणमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। त्यसैले खेलसँगै सांगीतिक प्रस्तुति, विभिन्न मनोरञ्जनात्मक गतिविधि र गिभअवे कार्यक्रमसमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ। मैदानमा पुग्न नसकेका क्रिकेटप्रेमीका लागि फ्यानपार्क आफ्नै सहरमा बसेर एनपीएलको रोमाञ्च अनुभव गर्ने विकल्प बनेको छ। ठूलो पर्दामा खेल, साथीभाइको साथ र समर्थकको हुटिङले एक्स्ट्रिम फ्यानपार्कलाई क्रिकेटप्रेमीको जमघटस्थल बनाएको छ।
मैदानबाहिर पनि एनपीएलको रौनक, एक्स्ट्रिम फ्यानपार्कमा रमाउँदै क्रिकेटप्रेमी [फोटोफिचर]
![मैदानबाहिर पनि एनपीएलको रौनक, एक्स्ट्रिम फ्यानपार्कमा रमाउँदै क्रिकेटप्रेमी [फोटोफिचर]](https://kendrabindu.com/wp-content/uploads/2026/11/DSC03776.jpg)
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






