Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

मेसी बिनाको पहिलो खेलमै अर्जेन्टिना उरुग्वेसँग पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेसी बिनाको पहिलो खेलमै अर्जेन्टिना उरुग्वेसँग पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कप्तान लियोनल मेसीबिनाको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना उरुग्वेसँग २–१ गोल अन्तरले पराजित भएको छ । शनिबार बिहान ब्युनस आयर्सस्थित ला बम्बोनेरा मैदानमा सम्पन्न खेलमा उरुग्वेले दोस्रो हाफमा दुई गोल गर्दै अर्जेन्टिनामाथि जित निकालेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा अर्जेन्टिनाका डिफेन्डर लियोनार्दो बालेरडीबाट आत्मघाती गोल भएपछि उरुग्वेले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि म्याक्सी अराउजोले गोल गर्दै उरुग्वेको अग्रता २–० बनाए । उनले कर्नरबाट आएको बललाई उत्कृष्ट ढंगले गोलमा परिणत गरेका थिए । खेलको ७३औँ मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाका लागि एक गोल फर्काए। तर त्यसपछि थप गोल हुन नसक्दा अर्जेन्टिना घरेलु मैदानमै पराजित भयो । यस खेलमा लियोनल मेसी अर्जेन्टिनाको टोलीमा थिएनन् । उनको अनुपस्थितिमा अर्जेन्टिनाले खेलेको यो पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल थियो । यस जितसँगै उरुग्वेले परम्परागत दक्षिण अमेरिकी प्रतिद्वन्द्वितामा अर्जेन्टिनालाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । The post मेसी बिनाको पहिलो खेलमै अर्जेन्टिना उरुग्वेसँग पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play