बेलायती नियामक निकाय ‘अफकम’ ले गरेको औपचारिक सूचनासम्बन्धी अनुरोधहरूको जवाफमा गलत जानकारी दिएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना गरिएको छ। व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा पठाइने एसएमएस सेवाको थोक बजारसम्बन्धी सन् २०२५ को पुनरावलोकनका क्रममा यी सूचनाहरू मागिएका थिए, जसमा अफकमले मेटासँग ‘ह्वाट्सएप बिजनेस’ सेवाबारे जानकारी मागेको थियो। मेटाले दिएको जवाफमा गलत जानकारी समावेश भएको आशंकापछि, अफकमले सन् २०२६ को जनवरीमा यस विषयमा अनुसन्धान सुरु गर्यो। मेटाले बेलायती सञ्चार ऐन अन्तर्गतका पाँचओटा छुट्टाछुट्टै सूचनासम्बन्धी आवश्यकताहरूको उल्लंघन गरेको नियामकले निष्कर्ष निकाल्यो। सुरुमा जरिवाना रकम ६,००,००० पाउन्ड तोकिएको थियो, तर मेटाले आफ्नो दायित्व स्वीकार गरेको, सहयोग गरेको, मुद्दा टुंग्याउन सहमति जनाएको र गलत विवरण बुझाएर कुनै आर्थिक लाभ नलिएको कारण अफकमले उक्त जरिवानामा २५ प्रतिशत कटौती गरेको थियो। सोहीअनुसार, मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना गरिएको हो। The post मेटालाई बेलायती नियामक अफकमद्वारा ४ लाख ५० हजार पाउण्ड जरिवाना appeared first on Technology Khabar.
मेटालाई बेलायती नियामक अफकमद्वारा ४ लाख ५० हजार पाउण्ड जरिवाना

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






