Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकाले शुक्रबार रोकिएका हवाई उडान फेरि सुरु गरेको छ। अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण पुराना प्राविधिक उपकरणमा आएको समस्या हो । यसको साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ । यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिए। यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य हुन केही समय लाग्ने उनले बताए। डफीका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह हुँदा उपकरणहरूले काम गर्न छाडेका थिए । घटनाभन्दा एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो। यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण नरहेको बताए। उनले माइक्रोसफ्टको सेवा अवरोधसँग पनि यसको सम्बन्ध नरहेको स्पष्ट पारे। यद्यपि सुरक्षा निकायहरूले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए। अधिकारीहरूले हवाई यात्रा सुरक्षित रहेको पनि आश्वस्त पारेका छन् । रासस/एएफपी The post अमेरिकामा घण्टौँपछि हवाई सेवा पुनः सञ्चालन, पुरानो उपकरणका कारण अवरोध appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मेटालाई बेलायती नियामक अफकमद्वारा ४ लाख ५० हजार पाउण्ड जरिवाना
TechnologyJust now

मेटालाई बेलायती नियामक अफकमद्वारा ४ लाख ५० हजार पाउण्ड जरिवाना

बेलायती नियामक निकाय ‘अफकम’ ले गरेको औपचारिक सूचनासम्बन्धी अनुरोधहरूको जवाफमा गलत जानकारी दिएको भन्दै मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना गरिएको छ। व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा पठाइने एसएमएस सेवाको थोक बजारसम्बन्धी सन् २०२५ को पुनरावलोकनका क्रममा यी सूचनाहरू मागिएका थिए, जसमा अफकमले मेटासँग ‘ह्वाट्सएप बिजनेस’ सेवाबारे जानकारी मागेको थियो। मेटाले दिएको जवाफमा गलत जानकारी समावेश भएको आशंकापछि, अफकमले सन् २०२६ ...

टेक्नोलोजी खबर
राज ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार: ८०% सम्म छुट र २ करोडको भौचर, ६०% बढी भुक्तानी डिजिटल माध्यमबाट
TechnologyJust now

राज ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार: ८०% सम्म छुट र २ करोडको भौचर, ६०% बढी भुक्तानी डिजिटल माध्यमबाट

२८ कात्तिक, काठमाडौं। ग्राहकहरूको उत्साहजनक सहभागितापछि दराज नेपालले ‘दराज ११.११’ किनमेल उत्सव नोभेम्बर १९, २०२६ (मंसिर ३, २०८३) सम्म विस्तार गरेको छ। तिहार र छठको अवसरमा ८०% सम्म छुट, २ करोड रुपैयाँभन्दा बढीको भौचर र ५१६ सहरमा डेलिभरी सुविधा। वर्षकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सव ‘दराज ११.११’ मा सुरुवाती दिनहरूदेखि नै ग्राहकहरूको उत्साहजनक सहभागिता र […] The post राज ११.११ अभियान ...

आइसिटी फ्रेम
नेपाल–भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण सहमति: नेपालमै बीआईएस (BIS) प्रयोगशाला स्थापना गर्न भारत सकारात्मक
TechnologyJust now

नेपाल–भारत व्यापार सहजीकरणमा महत्त्वपूर्ण सहमति: नेपालमै बीआईएस (BIS) प्रयोगशाला स्थापना गर्न भारत सकारात्मक

२८ कात्तिक, काठमाडौं। उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच भेटः नेपाली जुटमा लगाएको एन्टिडम्पिङ ड्युटीबारे छलफल, परीक्षण प्रयोगशाला स्थापना गर्न सकारात्मक उद्योगमन्त्री दीपक कुमार साह र भारतीय समकक्षी पीयूष गोयलबीच विशाखापट्टनममा भेटवार्ता सम्पन्न। नेपाली जुटमाथिको एन्टिडम्पिङ ड्युटी हटाउने र नेपालमै गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गर्ने विषयमा महत्त्वपूर्ण छलफल। नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साह […] The post नेपाल–भारत व्यापार सहजीकरणमा ...

आइसिटी फ्रेम
नक्कली भिडियो कलमार्फत ४० करोड डलर चोरी गरेको एफबीआईको खुलासा
TechnologyJust now

नक्कली भिडियो कलमार्फत ४० करोड डलर चोरी गरेको एफबीआईको खुलासा

उत्तर कोरियाली राज्यसमर्थित ह्याकरहरूले पहिचान चोरी र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट तयार पारिएका नक्कली भिडियो कल प्रयोग गरी ४० करोड अमेरिकी डलरभन्दा बढी रकम चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ। एफबीआईका अनुसार ह्याकरहरूले अत्यन्त प्रभावकारी सामाजिक इन्जिनियरिङ प्रविधि अपनाएर क्रिप्टोकरेन्सी तथा वेब–३ क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई निशाना बनाउँदै आएका छन्। यसै महिना एफबीआईले उत्तर कोरियासँग आबद्ध ह्याकरहरूमाथि क्रिप्टोकरेन्सी ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play