Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मेक्सिकोका विद्यालयमा पढाइ अवधिभर मोबाइल प्रयोगमा प्रतिबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेक्सिकोका विद्यालयमा पढाइ अवधिभर मोबाइल प्रयोगमा प्रतिबन्ध
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । मेक्सिको सरकारले विद्यालयमा पढाइ हुने समयमा विद्यार्थीलाई मोबाइल फोन तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रपति क्लाउडिया शिनबाम सरकारको यो निर्णय प्राथमिक र माध्यमिक तहका विद्यालयमा लागू हुनेछ । सरकारका अनुसार बालबालिका तथा किशोरकिशोरीलाई मोबाइलको लत, तनाव र पढाइमा ध्यान भङ्ग हुने समस्याबाट जोगाउन प्रतिबन्ध लगाउन लागिएको हो । यद्यपि, शिक्षकको निर्देशनमा शैक्षिक प्रयोजन, स्वास्थ्य समस्या, अपाङ्गता र आपत्कालीन अवस्थामा मोबाइल प्रयोग गर्न छुट दिइनेछ । तर मेक्सिकोका विभिन्न क्षेत्रमा अभिभावकले निर्णयको विरोध गरेका छन् । देशमा सङ्गठित अपराध र गोलीबारीका घटना भइरहने भएकाले विद्यालयमा मोबाइल प्रयोग गर्न नपाउँदा आपत्कालीन अवस्थामा आफ्ना सन्तानसँग सम्पर्क गर्न कठिन हुने उनीहरूको चिन्ता छ । गत अक्टोबर २२ मा सिनालोआ क्षेत्रमा विद्यार्थी सवार बसमाथि गोली प्रहार भएको घटनाले अभिभावकको चिन्ता थप बढाएको छ । घटनामा बस चालक घाइते भएका थिए भने विद्यार्थीहरू सुरक्षित रहेका थिए । यसैबीच, विशेषज्ञहरूले बालबालिकालाई डिजिटल उपकरणको नकारात्मक प्रभावबाट जोगाउन विद्यालयमा मोबाइल प्रयोग नियन्त्रण आवश्यक रहेको बताएका छन् । युनेस्कोका अनुसार विश्वका ११४ देशमा विद्यालयमा मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाइएको छ । The post मेक्सिकोका विद्यालयमा पढाइ अवधिभर मोबाइल प्रयोगमा प्रतिबन्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो)
Latest NewsJust now

जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो)

जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो) ...

रातोपाटी
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

• वैदेशिक रोजगारीका लागि ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। • पक्राउ पर्नेमा धादिङ, उदयपुर, सिन्धुली र गोरखाका व्यक्तिहरू छन्, जसले विभिन्न देशमा पठाइदिने प्रलोभनमा रकम असुलेका थिए। • पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै प्रहरीले उनीहरूको पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। ...

नेपालबहस
छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ
Latest NewsJust now

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play