Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मूल्य बढेसँगै अफ्रिकामा स्मार्टफोनको आपूर्ति ४० प्रतिशतले घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
मूल्य बढेसँगै अफ्रिकामा स्मार्टफोनको आपूर्ति ४० प्रतिशतले घट्यो
Photo / Coverage: टेक्नोलोजी खबर

स्मार्टफोन र यससँग सम्बन्धित पार्टपुर्जाको मूल्य बढेपछि अफ्रिकाका उपभोक्ताले पुराना फोन लामो समयसम्म प्रयोग गर्ने वा सेकेन्ड ह्यान्ड बजारबाट फोन किन्ने गर्न थालेका छन्। खर्च कटौती गर्ने उपभोक्ताको यो प्रवृत्तिले स्मार्टफोन निर्माता कम्पनीका लागि निराशाजनक अवस्था सिर्जना गरेको छ। ओम्डियाका नयाँ तथ्याङ्कअनुसार सन् २०२६ को तेस्रो त्रैमासिकमा अफ्रिकामा स्मार्टफोनको आपूर्ति अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशतले घटेर १ करोड ३७ लाख थानमा झरेको छ। ओम्डिया टेलिकम्स डटकमको भगिनी कम्पनी हो। यो तीन वर्षयताकै सबैभन्दा ठूलो गिरावट हो। गत महिना आईडीसीले सार्वजनिक गरेको छुट्टै तथ्याङ्कअनुसार विश्वव्यापी स्मार्टफोन बजार २२ प्रतिशतले घटेको थियो। त्यसको तुलनामा अफ्रिकाको बजारमा आएको गिरावट अझ ठूलो छ। यसको मुख्य कारण अफ्रिकाको स्मार्टफोन बजारमा सस्ता फोनको हिस्सा बढी हुनु हो। कृत्रिम बुद्धिमताका कारण मेमोरी चिपको अभाव र मूल्यवृद्धि हुँदा यही सस्तो फोनको बजार सबैभन्दा बढी प्रभावित भएको छ। ओम्डियाका अनुसार १०० डलरभन्दा कम मूल्यका स्मार्टफोनको आपूर्ति अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७० प्रतिशतले घटेको छ। यसबीच सामान्य मोबाइल फोनको आपूर्ति भने २७ प्रतिशतले बढेको छ। लागत बढेका कारण सुरुवाती मूल्यका स्मार्टफोनबाट हुने नाफा घटेको छ। यसले गर्दा उत्पादक कम्पनीहरूले कुन मोडल बजारमा ल्याउने र त्यसको मूल्य कति राख्ने भन्ने विषयमा सावधानीपूर्वक निर्णय गर्न थालेका छन्। ओम्डियाका प्रमुख विश्लेषक मनिष प्रविणकुमारले भने, “यी तथ्याङ्कले अफ्रिकामा उपभोक्ताको खरिद निर्णयमा किफायती मूल्यले कति प्रभाव पारिरहेको छ भन्ने देखाउँछन्। केही उपभोक्ता नयाँ फोन किन्नुअघि लामो समय पर्खिरहेका छन् भने केहीले आफ्नो बजेटभित्र रहन पुरानो फोन मर्मत गरेर पुनः बिक्रीका लागि राखिएको स्मार्टफोन रोजिरहेका छन्।” उनले भने, “अन्य धेरै क्षेत्रमा आपूर्ति घटे पनि औसत बिक्री मूल्य (एएसपी) बढेकाले बजारको कुल मूल्य कायम राख्न सहयोग पुगेको थियो। अफ्रिकामा सन् २०२६ को तेस्रो त्रैमासिकमा स्मार्टफोनको औसत बिक्री मूल्य २२२ डलर पुगेको छ, जुन पछिल्लो एक दशककै तेस्रो त्रैमासिकको सबैभन्दा उच्च मूल्य हो। तर पनि बजारको कुल मूल्य १५ प्रतिशतले घटेको छ। औसत मूल्य बढ्नुले उपभोक्ताको क्रयशक्तिमा रहेको खाडल फराकिलो हुँदै गएको देखाउँछ। उपभोक्ताले महँगा मोडल किन्न थालेको संकेत भने यसले गर्दैन।” चिनियाँ स्मार्टफोन निर्माता ट्रान्सनले बजारमा पहिलो स्थान कायम राखेको छ। कुल आपूर्तिमा यसको हिस्सा ४८ प्रतिशत रहेको छ। तर सस्तो स्मार्टफोनको बजार खुम्चिँदा ट्रान्सनको आपूर्ति पनि ४३ प्रतिशतले घटेको छ। यद्यपि, ट्रान्सनको प्रदर्शन साओमी र ओप्पोको तुलनामा राम्रो रह्यो। यी दुई कम्पनीको स्मार्टफोन आपूर्ति क्रमशः ४९ र ६९ प्रतिशतले घटेको छ। ओम्डियाका अनुसार साओमीका सबै प्रकारका स्मार्टफोनको मूल्य बढ्दा यसको बजार प्रभावित भएको हो। ओप्पो भने अर्को स्मार्टफोन निर्माता कम्पनी रियलमीसँग एकीकरण गर्ने क्रममा संगठनात्मक पुनर्संरचनामा जुटेको छ। टेलिकम्स डटकमका अनुसार यसको तुलनामा दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङमा बजार गिरावटको असर कम परेको देखिन्छ। ओम्डियाका अनुसार मोबाइल सेवा प्रदायक कम्पनीहरूसँगको सम्बन्ध र ग्यालेक्सी ए सिरिजका विभिन्न मोडलले सामसङलाई सहयोग गरेका छन्। त्यसैले यसको स्मार्टफोन आपूर्ति ८ प्रतिशत मात्रै घटेको छ। सामान्य बजार अवस्थामा यो गिरावट चिन्ताजनक हुन सक्थ्यो, तर अहिलेको अनिश्चित परिस्थितिमा यसलाई राम्रो प्रदर्शन मानिएको छ। भौगोलिक रूपमा नाइजेरिया र इजिप्टको बजार सबैभन्दा बढी प्रभावित भएका छन्। नाइजेरियामा स्मार्टफोनको आपूर्ति ४७ प्रतिशतले घटेको छ। त्यहाँ मोबाइल फोनको मूल्य बढ्नुका साथै इन्धन अनुदान हटाइएको र आयातको भुक्तानी गर्न अमेरिकी डलर पाउन कठिन भएको अवस्थाले बजारलाई थप प्रभावित पारेको ओम्डियाले जनाएको छ। इजिप्टमा भने कमजोर हुँदै गएको इजिप्सियन पाउन्ड र निरन्तरको मूल्यवृद्धिका कारण उपभोक्ताको खर्च गर्ने क्षमता घट्दा स्मार्टफोनको आपूर्ति ४१ प्रतिशतले झरेको छ। केन्या र दक्षिण अफ्रिकाको बजारमा भने समग्र अफ्रिकी बजारको तुलनामा केही कम गिरावट देखिएको छ। यी दुई देशमा स्मार्टफोनको आपूर्ति क्रमशः ३५ र २० प्रतिशतले घटेको छ। आगामी अवस्थाबारे अनुमान गर्दै ओम्डियाले सन् २०२५ को तुलनामा सन् २०२६ मा अफ्रिकामा स्मार्टफोनको वार्षिक आपूर्ति २३ प्रतिशतले घट्ने जनाएको छ। सन् २०२७ मा पनि २५ प्रतिशत गिरावट आउने अनुमान गरिएको छ। प्रविणकुमारले भने, “यो प्रक्षेपणले अफ्रिकाको स्मार्टफोन बजार सस्तो उपकरण र आपूर्तिमा निरन्तर हुने वृद्धिमा कति निर्भर छ भन्ने देखाउँछ। लागतको दबाब सन् २०२७ सम्म कायम रहने अपेक्षा गरिएको अवस्थामा उत्पादक कम्पनीहरूका लागि मूल्य निर्धारण चुनौतीपूर्ण हुनेछ। उनीहरूले सुरुवाती मूल्यका उपकरणबाट नाफा कायम राख्नुपर्नेछ। तर पार्टपुर्जाको बढेको लागत उपभोक्तामाथि सार्दा धेरै परिवारको पहुँचबाट स्मार्टफोन टाढिन सक्छ।” ओम्डियाका अनुसार सरकार, स्मार्टफोन निर्माता कम्पनी र मोबाइल फोन बजारका अन्य पक्षसँग यो समस्या कम गर्ने विभिन्न उपाय छन्। तीमध्ये आयात शुल्क घटाउने र मोबाइल फोन किन्न किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था ल्याउने उपाय पनि छन्। अफ्रिकामा मात्रै नभई विश्वव्यापी रूपमा स्मार्टफोन बजारले चुनौती सामना गरिरहेको अवस्थामा यसलाई सुधार्ने कुनै पनि सकारात्मक संकेत स्वागतयोग्य हुने बताइएको छ। The post मूल्य बढेसँगै अफ्रिकामा स्मार्टफोनको आपूर्ति ४० प्रतिशतले घट्यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : मन्त्री महावीर पुन
TechnologyJust now

अनुसन्धान र नवप्रवर्तनमा लगानी वृद्धि सरकारको प्राथमिकता : मन्त्री महावीर पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाउन हरसम्भव प्रयत्न गरिरहेको बताएका छन् ।इजरायली राजदूतावासमा मंगलबार अपराह्न ‘इजरायल साइबर तथा कृत्रिम बौद्धिकता’ विषयमा आयोजित कार्यक्रममा उनले वर्तमान सरकारले नवप्रवर्तन र अनुसन्धानलाई उच्च प्राथमिकता दिएर बेग्लै मन्त्रालयसमेत स्थापना गरेको बताए ।“सम्माननीय प्रधानमन्त्री अनुसन्धान र नवप्रवर्तनका माध्यमबाट नै राष्ट्रलाई समृद्धिको मार् ...

आइसिटी समाचार
भारतमा नेपालीले क्यूआरबाटै भुक्तानी गर्न पाउने, सहमति जुटेसँगै तयारी तिव्र
TechnologyJust now

भारतमा नेपालीले क्यूआरबाटै भुक्तानी गर्न पाउने, सहमति जुटेसँगै तयारी तिव्र

काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि क्यूआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच सेवा सञ्चालनका लागि सकारात्मक सहमति जुटेसँगै आगामी एक महिनाभित्रै यो सुविधा सुरु गर्ने तयारी भएको छ ।प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि क्यूआर भुक्तानी सेवा कार्यान्वयन गर्ने विषयले गति लिएको हो । यसअघि लामो समयदेखि प्रक्रियामा ...

आइसिटी समाचार
बालबालिकाको सुरक्षासम्बन्धी जोखिमहरूका कारण जोर्डन जीटीए ६ मा प्रतिबन्ध लगाउने तयारीमा
TechnologyJust now

बालबालिकाको सुरक्षासम्बन्धी जोखिमहरूका कारण जोर्डन जीटीए ६ मा प्रतिबन्ध लगाउने तयारीमा

हालै सार्वजनिक भएको एक्सन गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (GTA 6) लाई मनोरञ्जन उद्योगको सबैभन्दा ठूलो ‘लन्च’को रूपमा लिइएको छ। यसले करिब ४ अर्ब डलरको बिक्रीसहित आम्दानीको क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ। यद्यपि, बालबालिका र किशोरकिशोरीहरूमा यसले नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गर्दै जोर्डनले यो गेममाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। एक सञ्चार माध्यमको रिपोर्ट अनुसार, कडा नियन्त्रणको माग ...

टेक्नोलोजी खबर
ओमोडा जेइकूद्वारा एनपीएल सिजन ३ को सफल प्रायोजन, उत्कृष्ट खेलाडी रिजन ढकाललाई जेइकू जे५ प्रो पुरस्कार
TechnologyJust now

ओमोडा जेइकूद्वारा एनपीएल सिजन ३ को सफल प्रायोजन, उत्कृष्ट खेलाडी रिजन ढकाललाई जेइकू जे५ प्रो पुरस्कार

९ मंसिर, काठमाडौं। ओमोडा जेइकूले नेपाल प्रिमियर लिग सिजन ३ लाई ‘पावर्ड बाई’ प्रायोजन गर्‍यो, रिजन ढकाल बने नेपाली ‘म्यान अफ द टुर्नामेन्ट’, जिते जेइकू जे५ प्रो नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को ‘पावर्ड बाई’ प्रायोजक तथा ‘अफिसियल फोर-ह्वीलर पार्टनर’ ओमोडा जेइकूले आफ्नो सहकार्य सफलतापूर्वक सम्पन्न गरेको छ। कीर्तिपुरमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली […] The post ओमोडा जेइकूद्वारा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement