Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मुगु दुर्घटनाका तीन जनाको मृत्यु, दुई घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगु दुर्घटनाका तीन जनाको मृत्यु, दुई घाइतेलाई हेलिकप्टरबाट उद्धार गर्न माग
Photo / Coverage: केन्द्रबिन्दु

सुर्खेत । मुगुमा पिकअप भ्यान दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयसँग माग गरेको छ। आइतबार दिउँसो करिब ४ बजे छायाँनाथ रारा नगरपालिका ७ स्थित जिरो प्वाइन्ट नजिक पिकअप भ्यान दुर्घटनामा परेको थियो। सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा.१ ज.प. १८६४ नम्बरको भ्यान रारा जाने कच्ची सडकखण्डबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएका छन्। घाइतेको मुगु जिल्ला अस्पतालमा उपचार भइरहेको थियो। स्वास्थ्य अवस्था गम्भीर रहेकाले थप उपचारका लागि ललितपुरस्थित बी एन्ड बी अस्पताल रेफर गरिएको जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ। प्रमुख जिल्ला अधिकारी पवनकुमार भण्डारीले घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर वा जहाजको व्यवस्था मिलाइदिन गृह मन्त्रालयलाई अनुरोध गरेका छन्। उक्त दुर्घटनामा मृत्यु हुनेमा काठमाडौं कलंकीका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापा रहेका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रवीराज थपलियाले जानकारी दिए । उनका अनुसार ललितपुर महानगरपालिका–१५ का ५८ वर्षीय चालक कञ्चन थापा र सोही ठाउँकी ५४ वर्षीया अञ्जु थापा घाइते छन् । उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन
Latest NewsJust now

जलवायु न्यायको माग गर्दै काठमाडौंमा प्रदर्शन

जलवायु न्याय, क्षतिपूर्ति र पर्याप्त सार्वजनिक जलवायु वित्तको माग गर्दै गत शनिबार काठमाडौंमा विभिन्न नागरिक समाज, ट्रेड युनियन तथा सामाजिक संघसंस्थाले प्रदर्शन गरेका छन्। ...

कान्तिपुर
यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू
Latest NewsJust now

यूटीआईबारे जान्नै पर्ने महत्त्वपूर्ण कुराहरू

काठमाडौँ । महिलाहरूमा यूरिनरी ट्रयाक्ट इन्फेक्सन (यूटीआई) अर्थात् पिसाबनलीको संक्रमण एक सामान्य स्वास्थ्य समस्या हो। महिलाहरूले आफ्नो जीवनमा धेरै पटक यो समस्याको सामना गर्नुपर्छ। केही महिलाहरूमा यो संक्रमण निको भएपछि फेरि... ...

रातोपाटी
काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)
Latest NewsJust now

काठमाडौँ गौरीघाटमा छठ समापनका २१ दृश्य (तस्बिरहरू)

आज सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न गरिएको छ। के तराई, के पहाड अहिले सबै क्षेत्रमा छठ पर्व धुमधामका साथ मनाइन्छ।  यसै क्रममा देशको केन्द्रीय राजधानी काठमाडौँमा पनि छठ भव्यतापूर्वक सम्पन्न गरिएको छ।  यसै क्रममा हेर्नुहोस् आज बिहान गौरीघाटमा देखिएका यी दृश्य-   ...

नेपालखबर
४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो
Latest NewsJust now

४३५ रुपैयाँ प्रिमियममा आइपिओ बेचेको घोराही सिमेन्टको घाटा गहिरियो,खुद नोक्सानी १६ करोड १५ लाख पुग्यो

काठमाडौँ । सर्वसाधारणलाई प्रतिकित्ता रु. ३३५ प्रिमियम थपेर रु. ४३५ मा प्राथमिक सेयर (आइपिओ) बिक्री गरेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको वित्तीय अवस्था थप खराब बन्दै गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्तसम्म) को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नोक्सानी बढेर १६ करोड १५ लाख ५१ हजार रुपैयाँ नाघेको छ । अघिल्लो आर्थिक ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play