Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
Photo / Coverage: कर्पोरट खबर

मुगु । मुगुको छायानाथ रारा नगरपालिका–७ टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सुर्खेतबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप आइतबार अचानक सडकबाट करिब ६०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा काठमाडौंका ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ललितपुर महानगरपालिका–१५ की ५४ वर्षीया अन्जु थापा र जिप चालक ५८ वर्षीय कञ्चन थापाको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ । दुवैको अवस्था मध्यम रहेको छ । जिपमा चालकसहित पाँच जना सवार थिए । दुर्घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । The post मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न
Latest NewsJust now

समूह सुुदृढीकरण र नेतृत्व विकास तालिम सम्पन्न

नगेन्द्र सापकोटा भक्तपुुर, कात्तिक २९ गते । भक्तपुुरको सूूर्यविनायक नगरपालिका वडा नंं ७ गुुण्डूूस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडले अन्तर समूूह सृदृढीकरण तथा नेतृत्व विका... ...

गोरखापत्र
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल
Latest NewsJust now

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीको एन्टाल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत ‘एन्टाल्या कार्ययोजना प्रोटोकलः हरित शिक्षाको केन्द्रमा बालबालिका, युवा र शिक्षकहरू’ विषयक उच्चस्तरीय मन्त्रीस्तरीय उद्घाटन सत्रको समूहगत […] ...

लोकपथ
छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन
Latest NewsJust now

छठघाटमा सम्भावित दुर्घटना रोक्न सशस्त्र प्रहरी परिचालन

काठमाडाैँ। छठ पर्वका क्रममा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सिरहामा सशस्त्र प्रहरी बलले विशेष सुरक्षा तथा उद्धारको तयारी गरेको छ। जिल्लाका विभिन्न छठघाटमा हुन सक्ने डुबान तथा अन्य दुर्घटनाबाट तत्काल... ...

रातोपाटी
जलवायु अनुकूलनका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्दै छौँ: शिक्षामन्त्री पोखरेल
Latest NewsJust now

जलवायु अनुकूलनका लागि राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्दै छौँ: शिक्षामन्त्री पोखरेल

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न भौतिक पूर्वाधारको पुनर्संरचनासँगै विद्यालय तहको पाठ्यक्रममै जलवायु शिक्षालाई अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन्।  टर्कीको अन्तल्यामा आयोजित जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप-३१) अन्तर्गत ‘अन्तल्या कार्ययोजना प्रोटोकलः हरित शिक्षाको केन्द्रमा बालबालिका, यु... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play