Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुगुमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई घाइते
Photo / Coverage: हिमालय टाइम्स

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार साँझ करिब ४ः४५ बजे काठमाडौंबाट रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको जिप सडकबाट करिब ६ सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी काठमाडौंको कलंकी निवासी ५० वर्षीय विजय बस्नेत, ५४ वर्षीय रमेश बिडारी र ५० वर्षीय पूर्णकुमार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि उद्धार गरी जिल्ला अस्पताल मुगु पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा जिप चालक ललितपुर महानगरपालिका–१५ निवासी ५८ वर्षीय कञ्चन थापा र सोही स्थानकी ५४ वर्षीया अञ्जु थापा घाइते भएका छन् । दुवै जनाको अवस्था मध्यम रहेको र जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक रविराज थपलियाको कमान्डमा १० जना र ताल्चास्थित प्रहरी सुरक्षा गार्डबाट प्रहरी नायब निरीक्षक डम्बरबहादुर अधिकारीको कमान्डमा सात जना गरी १७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घटनास्थलबाट मृतक तथा घाइतेहरूको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो । उक्त जिपमा चालकसहित पाँच जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । चालकले मादक पदार्थ सेवन गरे वा नगरेको लगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा
Latest NewsJust now

उपराष्ट्रपतिद्वारा कुपोन्डोल र सानेपा राजतीर्थमा छठ पूजा

ललितपुर। उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वको मुख्य दिन आज साँझ ललितपुरको कुपोन्डोल र सानेपास्थित राम मन्दिर राजतीर्थ पुगेर अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएका छन् । उपराष्ट्रपति यादवले पहिला कुपोन्डोलमा पुगेर र त्यसपछि सानेपास्थित राम मन्दिर राजतिर्थ फुटबल खेल मैदान अगाडि बागमती खोला किनारमा छठको पूजा गरेका हुन् । राजतीर्थमा छठ पूजामा सहभागी हुन आउनुभएका उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई छठ पूजा ...

नेपालन्युज
गेस्ट हाउसमा एक व्यक्ति मृत फेला
Latest NewsJust now

गेस्ट हाउसमा एक व्यक्ति मृत फेला

रुकुमपश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ झुल्नेटास्थित एक गेस्ट हाउसको कोठामा एक व्यक्ति मृत अवस्थामा फेलापरेका छन् । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–३ माछिमी निवासी अन्दाजी ३९ वर्षीय राजेन्द्र केसी रहेको... ...

रातोपाटी
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ
Latest NewsJust now

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले झै–झगडाको विषयमा वडा प्रहरी कार्यालय अगाडी दुई पक्षबिच झगडा भएपछि भीमदत्त नगरपालिका–५ का ५ जना र भीमदत्त नगरपालिका–१७ का एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए। प्रहरीकाअनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर ...

नेपालन्युज
पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने
Latest NewsJust now

पोखराको कीर्तिमानी जित, सुदूरपश्चिम क्वालिफायरमा र काठमाण्डु-चितवन एलिमिनेटरमा भिड्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आइतबार लिग चरणका अन्तिम दुई खेल सम्पन्न भएका छन् । आइतबारका खेलसँगै प्लेअफको समीकरण पनि पूरा भएको छ । पोखरा एभेन्जर्सले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play