Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मुख्यमन्त्री शाही र राजदूत बासबीच भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुख्यमन्त्री शाही र राजदूत बासबीच भेट
Photo / Coverage: नेपालन्युज

कर्णाली।कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए। उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हासिल गरेको प्रविधिलाई कर्णालीको भौगोलिक परिवेश अनुकूल प्रयोगमा ल्याउने, सिक्दै सिकाउँदै कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर प्रदान गर्ने र त्यहाँ फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रुपान्तरणमा सदुपयोग गर्ने विषयमा कुराकानी भएको थियो। भेटका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न आफू सदैव सकारात्मक रहेको धारणा व्यक्त गरे। साथै उक्त भेटमा सरकारी प्रणालीमार्फत, इजरायलमा केयरगिभरको रोजगारीको अवसर, जनस्तरको सम्बन्ध विस्तार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदानका सम्भावनाबारे समेत विमर्श भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा नेताको घरमा जुवाखाल, डेढलाख सहित ९ जना पक्राउ
Latest NewsJust now

रास्वपा नेताको घरमा जुवाखाल, डेढलाख सहित ९ जना पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचनाको आधारमा छापा हान्दा खड्कासहित ९ जना पक्राउ... ...

रातोपाटी
सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा
Latest NewsJust now

सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा आएको छ।  मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो।  कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्... ...

नेपालखबर
हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय
Latest NewsJust now

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् […] ...

लोकपथ
जनकपुर झिनोअन्तरले पराजित हुँदा लुम्बिनीको शानदार जित
Latest NewsJust now

जनकपुर झिनोअन्तरले पराजित हुँदा लुम्बिनीको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएका दुई खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स विजयी भए । पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई २ रनले हराउँदा दोस्रो खेलमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play