Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने
Photo / Coverage: कर्पोरट खबर

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन् । सभामुख यादवका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गर्न शनिबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । उनले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा बुधबार नै औपचारिक पत्र पठाइसकेका छन् । विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमत जुटाउने प्रयासमा मुख्यमन्त्री यादव विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल र संवादमा जुटेका छन् । विश्वासको मतका विषयमा दलहरूसँग छलफल भइरहेको र मतदान हुनुअघिसम्म सहमतिको प्रयास जारी रहने मुख्यमन्त्री यादवले बताए। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए । दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । सरकारको निरन्तरताका लागि मुख्यमन्त्री यादवले विभिन्न दलसँग राजनीतिक समीकरण मिलाउने प्रयास गरिरहेका छन् । एक सय ७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठन तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद रहेका छन् । प्रदेशसभाको अङ्क गणितअनुसार कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ । यस्तो अवस्थामा जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी तथा अन्य साना दलको भूमिका निर्णायक हुने देखिएको छ । The post मुख्यमन्त्री यादवले शनिबार विश्वासको मत लिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यसम्बन्धी सम्झौता

नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ। टर्कीको राजधानी अन्ताल्यामा जारी कोप-३१ का क्रममा दुई देशबीच सम्झौता भएको हो।  पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविध... ...

नेपालखबर
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने
Latest NewsJust now

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए । ...

कान्तिपुर
नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबिच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

टर्की – नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको सम्झौताले २ देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना […] ...

काठमाण्डुपाटी
एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त
Latest NewsJust now

एनपीएलमा आज : सुस्त पिचमा रनको खडेरी, जनकपुर–कर्णालीको यात्रा समाप्त

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएका दुई खेलमा ब्याट्सम्यानभन्दा बलर हाबी देखिए । दुवै खेलमा रन बनाउन ब्याट्सम्यानले संघर्ष गरे । सुस्त... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play