Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
Photo / Coverage: कर्पोरट खबर

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए । विश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्न लागिएको मुख्यमन्त्री यादवको भनाइ छ । विश्वास प्राप्त गर्न विभिन्न राजनीतिक दलसँग संवाद जारी रहेको र विश्वासको लिनु अघिसम्म संवाद जारी राख्ने मुख्यमन्त्री यादवले बताए । नेपाली कांग्रेस नेतृत्वको सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गत असोज २५ गते सामुहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यस्तै सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्तारुढ दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले सरकार जोगाउन सक्रियता बढाए । १०७ सदस्यीय मधेस प्रदेशसभामा सरकार गठनका लागि कम्तीमा ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । मधेस प्रदेशसभामा नेपाली कांग्रेसका २२, एमालेका २३, जसपा नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सदस्य छन् । त्यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सदस्य छन् । The post मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म
Latest NewsJust now

सीईओ हुआङ र ‘जासुस’ चिनियाँ महिलाको सम्बन्ध अनुसन्धान गर्न एनभिडियाले तोक्यो ल फर्म

चिप निर्माता कम्पनी एनभिडियाले आफ्ना सीईओ जेन्सेन हुआङ र जासुस भनिएकी चिनियाँ महिला एलिस हुआङबिचको सम्बन्धका विषयमा अनुसन्धान गर्न अमेरिकाका सबैभन्दा ठुला ल फर्ममध्ये एकलाई जिम्मेवारी दिएको छ।  एनभिडियाले मंगलबार जनाएअनुसार कम्पनीले अनुसन्धानका लागि न्युयोर्कस्थित 'वाक्टेल, लिप्टन, रोजेन एन्ड काट्ज' नामको ल फर्म... ...

नेपालखबर
३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष
Latest NewsJust now

३८६ वर्ष लामो कात्तिक नाचको रोचक पक्ष

काठमाडौँ । ७६ वर्षपछि ऐतिहासिक ‘माधवानर लीला’ नाट्यकथा यस वर्ष प्रदर्शन हुने भएको छ । ललितपुरस्थित पाटन दरबारको पश्चिमतर्फ रहेको कात्तिक डबलीमा नाट्यकथा प्रदर्शन हुने भएको हो । सुप्रसिद्ध ‘कात्तिक नाच’... ...

रातोपाटी
ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर
Latest NewsJust now

ट्याक्सी दुर्घटना हुँदा पाँच घाइते, दुईको अवस्था गम्भीर

अस्मिता सिंखडागोरखा, कात्तिक २५ गते । गोरखाको सिरानचोक गाउँपालिका –२ सिउरेनीमा ट्याक्सी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्र... ...

गोरखापत्र
कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते
Latest NewsJust now

कञ्चनपुरमा अटो र स्कुटर ठोक्किँदा बालकसहित सात जना घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित शुक्लाफाँटा आरक्षको जंगल क्षेत्रमा अटो र स्कुटर एकआपसमा ठोक्किँदा एक बालकसहित सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। बुधबार दैजीबाट बेलडाँडीतर्फ आउँदै गरेको सुपप्र ०२–००४ प ६५६५ नम्बरको स्कुटर र बेलडाँडीबाट दैजीतर्फ जाँदै गरेको भिनपा ००१ ह ५२२ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटर चालक बेलडाँडी गाउँपालिका–२ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play