जनकपुर। मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको हो मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत मुख्यमन्त्री यादवले शनिबार प्रदेशसभामा विश्वासको मत लिने क्रममा बहुमत नपाउने अवस्था देखिएपछि पदबाट राजीनामा घोषणा गरेका थिए । यसैबीच, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्न तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा संविधानको धारा १६९ को उपधारा (३) बमोजिम वर्तमान मन्त्रिपरिषद्लाई निरन्तरता दिइएको उल्लेख छ ।
मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत

Read Complete Original Article
Published originally on नेपालन्युज






