Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

मुखअष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुखअष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी
Photo / Coverage: हिमालय टाइम्स

कार्तिक शुक्ल अष्टमीलाई अति नै महत्त्वपूर्ण अष्टमीका रूपमा मान्दै आएको पाइन्छ । यो अष्टमीका दिन मुख अष्टमी, काल भैरवाष्टमी र गोपाष्टमी जस्ता महत्त्वपूर्ण महिमामयी उत्सव रहेकाले नै यस अष्टमीको धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महिमा रहिआएको हो । अब मुख अष्टमी, कालभैरवाष्टमी र गोपाष्टमी यी तीन अष्टमीको संक्षिप्त रूपमा यहाँ प्रस्तुत गर्ने प्रयास गरिन्छ । मुख अष्टमीहरेक वर्ष मुख अष्टमी अर्थात् कार्तिक शुक्ल अष्टमीका दिन पशुपतिनाथलाई बुद्ध भगवानको रूपमा पूजा गरिन्छ । यस दिनमा नित्य पूजा गर्दा पशुपतिनाथको शिरमा पञ्चबुद्ध भएको तामाको मुकुट पहिर्‍याई दिइन्छ । पशुपतिनाथलाई मुकुट पहिर्‍याउने अष्टमी भएकाले नै मुख अष्टमी भनिएको हो । पशुपथिनाथसँग बुद्धको सम्बन्ध परापूर्वकालदेखि नै रहेको देखिन्छ । शिवले कालभैरव उत्पन्न गरे । शिवजीको आज्ञाले कालभैरवले आफ्नो नङबाट ब्रह्माको एउटा टाउको काटिदिए । पाँचवटा टाउको भएका ब्रह्माको एउटा टाउको कालभैरवले काटिदिएपछि ब्रह्मा पञ्चानन्बाट चतुरानन् हुन पुगेका हुन् । भैरवको वाहन कुकुर हो । यिनको एउटा हातमा त्रिशूल, एउटामा रगत पिउने कचौरा, एउटामा तरबार र एउटामा मुर्दाको टाउको भएको देखिन्छ । पहिला पहिला पशुपतिनाथका मूल पूजारी गुरुजु बज्राचार्यहरु रहेका हुन्थे । पछि राजा जयस्थिति मल्लले हिन्दूस्थानबाट पूजारी झिकाई मूल भट्ट बनाई राखे तर मूल भट्ट हिन्दूस्थानका राखे पनि अहिलेसम्म त्यहाँ पशुपतिनाथको तान्त्रिक पूजा गर्दा शिवरात्री र अन्य तिथिहरुमा नेवार पूजारीहरुले नै गर्दै आइरहेका छन् । त्यहाँ भण्डारमा र अन्य विभिन्न क्षेत्रमा काम गर्ने राजभण्डारी, कसाईं, सन्यासी र कुचिकारका साथै नौ थरी नेवार जातकाहरुले विभिन्न किसिमका काम गर्दै आइरहेका छन् । मुख अष्टमीका दिन पशुपतिनाथलाई बुद्धका रूपमा पूजा गर्दै आइरहनुमा विरुपाक्षको प्रसंग रहेको कुरा त सबैमा अवगत भएकै हुनुपर्छ । काल भैरवाष्टमीहरेक वर्ष कार्तिक शुक्ल अष्टमीलाई काल भैरवाष्टमीका रूपमा मान्दै आएको पाइन्छ । कालभैरव डरलाग्दा देवता हुन् । महादेवबाट उत्पन्न भएका कालभैरव दानव र देवताहरु बीच लडाइँ हुँदा उपस्थित भई देवताहरुलाई सघाउने गर्दथे । यी कालभैरवको उत्पति कसरी भएको थियो भन्ने सन्दर्भमा रहेको किंवदन्ती अनुसार एकपटक देवताहरुमा चर्चा चलेछ कि ब्रह्मा, विष्णु, शिवमा कुन सर्वश्रेष्ठ हुनुहुन्छ ? ब्रह्माले आफूलाई सर्वश्रेष्ठ ठानिरहेका थिए भने विष्णु र शिवले पनि आफूलाई सर्वश्रेष्ठ मान्दैआएका थिए । यी तीनैजनाले आफूलाई नै सर्वश्रेष्ठ भन्दै थिए । शिवजीले पनि आफूलाई सर्वश्रेष्ठ दाबी गरिरहेका थिए । शिवजीको कुरा सुनेर ब्रह्माजीलाई रिस उठ्यो र भन्नुभयो शिवलाई त मैले उत्पन्न गरेको हो, जब मैले शिवलाई उत्पन्न गरेँ उनी रुन थालेकोले मैले उनको नाम रुद्र राखिदिएको हूँ । आज आएर शिवजीले म बराबरी हुन खोज्ने, कसरी शिव सर्वश्रेष्ठ हुन सक्छन् ? ब्रह्माको कुराले शिवजी उग्र भए । तब उनले तुरुन्तै कालभैरवलाई उत्पन्न गरे । शिवजीको आज्ञाले कालभैरवले आफ्नो नङबाट ब्रह्माको एउटा टाउको काटिदिए । पाँचवटा टाउको भएका ब्रह्माको एउटा टाउको कालभैरवले काटिदिएपछि ब्रह्मा पञ्चानन्बाट चतुरानन् हुन पुगेका हुन् । भैरवको बाहन कुकुर हो । यिनको एउटा हातमा त्रिशूल, एउटामा रगत पिउने कचौरा, एउटामा तरबार र एउटामा मुर्दाको टाउको भएको देखिन्छ । शिवजीले यी कालभैरवलाई वनारसमा गई बस्नू भन्ने आज्ञा भए अनुसार वनारसमा बसेका हुन् भनिन्छ । काठमाडौंमा रहेको महाकाल भैरवको सन्दर्भमा वंशावली अनुसार कलिगत सम्वत् १८२२ मा एक महातान्त्रिक गुभाजु टुँडिखेलमा बाख्रा चराइरहँदा लम्पसार पर्दै घाम ताप्दै थिए । आकाशततर्फ हेर्दै गरेका ती तान्त्रिकले आकाशमार्गको उत्तरबाट दक्षिणतर्फ आकाशै ढाक्ने गरी आएका महाकाल भैरवको आकारलाई देखेपछि त्यस तान्त्रिकले यस भैरवलाई यहीँ राख्न पाए यहाँ सबैको उपकार हुनेथियो भन्ने ठानी आफ्नो तान्त्रिक विधाको शक्तिद्वारा त्यस महाकाल भैरवलाई आकाशबाट धर्तीमा उतारेर यहीँ राख्न खोजे तर महाकालले म यो ब्रह्माण्डमा जताततै निरन्तर भ्रमण गरिरहनुपर्ने हुँदा म यहाँमात्र बस्न मिल्दैन । त्यसैले हप्ताको एक दिन शनिबारमात्र म आउनेछु भनेकाले तान्त्रिकले स्थापना गरेको मूर्तिमा मन्त्रतन्त्रको अमोघ शक्तिले पूजा गरी प्रतिष्ठापन गरेका हुन् भनिन्छ । त्यही बेलादेखि महाकाल स्थानमा शनिबारका दिन विशेष रूपमा भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । गोपाष्टमीकार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीको रूपमा पनि उत्सव मनाउने गरिन्छ । गोपाष्टमीका दिन गाईको महत्त्वलाई उजागर गर्दै भगवान श्रीकृष्णले गोविन्द नामका गाईको रक्षा गरेका थिए । कार्तिक शुक्ल प्रतिपदादेखि सप्तमीसम्म गोप गोपिनीहरुको रक्षा गर्न श्रीकृष्णले गोवर्धन पर्वतको धारण गर्नुभएको थियो । आठौं दिन जब इन्द्रको आँखा खुल्यो तब उहाँको अहंकार टुत्यो र भगवान श्रीकृष्णको शरणमा पर्नुभयो । त्यही समयमा कामघेनुले भगवान श्रीकृष्णको अभिषेक गर्नुभयो । त्यही दिन श्रीकृष्णको गोविन्द नाम रहन गयो । सोही बेलादेखि कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमी नाम दिई उत्सव मनाउन थालेको हो भनिन्छ । यसैदिन गाईलाई बिहानै स्नान गराई सुगन्धित पुष्पादिले पूजा गरी गाईलाई मीठामीठा भोजन गराई अनेक प्रकारका वस्त्रालंकारले अलंकृत गरी ग्वालाको पनि पूजा गरिन्छ । यसबाट सबै प्रकारको अभीष्ट नाश हुन्छ भन्ने जनविश्वस रहिआएको छ । (लेखक डंगोल वरिष्ठ पत्रकार हुनुहुन्छ ।)

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play