काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारी अनुसार पोखराको फूलबारीस्थित अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम-डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउनेछ। अस्पतालको विभिन्न सेवा तथा सुविधाहरूमा १० देखि २० प्रतिशतसम्मको छुट उपलब्ध हुनेछ। यसैगरी मुक्तिनाथ विकास बैंकले अस्पतालमा कार्यरत कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूलाई न्यूनतम ब्याजदरमा प्रोफेशनल लोन, होम लोन, अटो लोन, व्यावसायिक कर्जा तथा अन्य सहुलियतपुर्ण बैंकिङ सुविधा उपलब्ध गराउनेछ। यो सहकार्यबाट दुवै संस्थाबीचको संस्थागत सम्बन्ध थप सुदृढ हुनुका साथै बैंकका ग्राहक तथा कर्मचारीलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा र अस्पतालका कर्मचारीहरूलाई सहज, सरल तथा प्राथमिकतायुक्त बैंकिङ सेवा प्राप्त हुने विश्वास बैंकले लिएको छ।
मुक्तिनाथ विकास बैंक र मणिपाल शिक्षण अस्पतालबीच समझदारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





