मुक्तिनाथ मन्दिरतर्फ जाने क्रममा डोलीमा बसिरहेकी एक भारतीय महिला पर्यटक । उकालो बाटो हिँड्न नसक्ने तथा अशक्त तीर्थयात्रीहरूलाई सहज होस् भनेर यहाँ डोली सेवा सञ्चालनमा ल्याइएको छ । यसरी डोली चढेर दुईतर्फी यात्रा गर्दा नेपाली नागरिकका लागि ५ हजार रुपैयाँ र विदेशी नागरिकका लागि ६ हजार ४ सय रुपैयाँ शुल्क लिने गरिन्छ । रानीपौवा बसपार्कदेखि मन्दिरसम्म डोलीमा बोकेर लैजाने र दर्शनपछि फर्काएर ल्याउने व्यवस्था गरिएको छ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरमा दैनिक हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन् । ...
मुक्तिनाथमा अशक्त तीर्थयात्रीको सारथि बन्दै डोली
Read Complete Original Article
Published originally on फरकधार






