Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत

Share:WhatsAppFacebookX (Twitter)Telegram
मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । मुस्ताङस्थित मुक्तिनाथ धामबाट सुरु भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरिएको छ । विश्वभरका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो । विराटनगरमा लक्ष्मीनारायण मन्दिरका स्वामी अच्युत स्वामीको प्रमुख आयोजनामा तथा कोशी प्रदेशसभा सदस्य एवं कांग्रेस नेता भीम पराजुलीको संयोजकत्वमा गठित समितिले रथयात्राको स्वागत तथा व्यवस्थापन गरेको थियो । रथयात्राको स्वागत कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, धार्मिक अभियन्ता एवं समितिकी उपाध्यक्ष पुष्पलता कोइराला, सचिव कैलाश भट्टराई, सदस्यहरू भीखमचन्द सरल, बेनीगोपाल मुन्दडा र जुगलकिशोर राठीसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा धार्मिक र सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो । सोमबार विराटनगर आइपुगेको रथले मंगलबार विराटनगरस्थित भेडियारीमा रहेको ऐतिहासिक विराट राजाको दरबारका संरक्षित भग्नावशेषको परिक्रमा गरेको थियो । त्यसपछि धरान रोड हुँदै रथयात्रा सुनसरीतर्फ प्रस्थान गरेको छ । कार्यक्रममा बोल्दै रथयात्रा व्यवस्थापन समितिका संयोजक पराजुलीले शक्तिका साधकहरूका लागि विशेष महत्त्व राख्ने रथ विराटनगर आइपुग्नु गौरव र सौभाग्यको विषय भएको बताए । मुक्तिनाथ पीठाधीश्वर कमलनयनाचार्यका उत्तराधिकारी करपात्री स्वामीजीले रथयात्रा सम्पन्न भएपछि नवलपरासीको त्रिवेणीस्थित श्री गजेन्द्र नारायण दिव्यधाममा भगवान् श्री गजेन्द्रमोक्ष नारायणको दिव्य विराट महायज्ञ आयोजना गरिने जानकारी दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगरका इमरानले पूरा गरे अर्धशतक
Latest NewsJust now

विराटनगरका इमरानले पूरा गरे अर्धशतक

जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सका इमरान शेखले अर्धशतक पूरा गरेका छन्।  नेपाल प्रिमियर लिगअन्तर्गत आज भइरहेको खेलमा उनले ४० बलमा ५३ रन प्रहार गरेका हुन्।  उनको अर्धशतकमा ५ चौका र २ छक्का समावेश छ।  विराटनगरले १ विकेट गुमाएर १२.२ ओभरमा १०३ रन बनाइसकेको छ। ...

नेपालखबर
एनपीएलमा इमरान शेखको पहिलो अर्धशतक
Latest NewsJust now

एनपीएलमा इमरान शेखको पहिलो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका इमरान शेखले पहिलो अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जनकपुर बोल्ट्ससँगको खेलमा उनले ४० बलमा २ छक्का र ३... ...

रातोपाटी
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्काे भ्रष्टाचार मुद्धा पेश
Latest NewsJust now

पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध अर्काे भ्रष्टाचार मुद्धा पेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अर्को भ्रष्टाचार मुद्दा पेस गरेको छ । अख्तियारले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजकसमेत रहेका नेपाल, कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्ररिजालसहित ९७ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा मुद्धा दायर गर्न लागेको हो । ७६ करोड रुपैयाँ बिगो दाबी गरिएको प्रारम्भिक सूचना प्राप्त भएको छ । उनीहरुमाथि सार्वजनिक […] ...

लोकपथ
जनकपुरविरुद्ध इमरानको अर्धशतक
Latest NewsJust now

जनकपुरविरुद्ध इमरानको अर्धशतक

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जारी खेलमा जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सका ब्याटर इमरान शेखले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका छन्। टस हारेर पहिले ब्याटिङ गरिरहेको विराटनगरका लागि १२ ओभरको समाप्तिमा टिमको स्कोर १ विकेटको क्षतिमा १०२ रन पुगेको छ। इमरान शेखले ४० बलमा ५ चौका र २ छक्काको मद्दतले ५३ रन बनाएर क्रिजमा अविजित रहेका छन्। उनका ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play