Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

मिलिकमले पेरुमा प्रवेश गर्न १ अर्ब ७० करोड डलर खर्च गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
मिलिकमले पेरुमा प्रवेश गर्न १ अर्ब ७० करोड डलर खर्च गर्ने
Photo / Coverage: टेक्नोलोजी खबर

मिलिकमले ल्याटिन अमेरिकाको नयाँ बजारमा प्रवेश गर्ने उद्देश्यले एन्टेल पेरु अधिग्रहण गर्न १ अर्ब ७० करोड अमेरिकी डलरको सम्झौता गरेको छ। अधिग्रहणको मूल्य र पेरुको बजारप्रति मिलिकमले देखाएको उत्साह यसअघि पेरुमा भएको ठूलो दूरसञ्चार कारोबारभन्दा निकै फरक छ। गत वर्ष टेलिफोनिकाले पेरुमा आफ्नो व्यवसाय १० लाख युरोभन्दा कम मूल्यमा बिक्री गरेको थियो। कम्पनीले दिवालियापनसम्बन्धी प्रक्रिया र नियामकीय समस्याका कारण पेरुबाट बाहिरिने निर्णय गरेको थियो। तर, यी घटनाले पेरुप्रति मिलिकमको उत्साहमा कुनै कमी ल्याएको देखिँदैन। मिलिकमले भनेको छ, “एन्टेल पेरुको स्थापित नेटवर्क, पोस्टपेड ग्राहकको बलियो आधार र व्यावसायिक क्षेत्रसँगको सम्बन्धले नाफामूलक वृद्धि गर्न आकर्षक अवसर प्रदान गर्छन्।” पेरुको दूरसञ्चार नियामक निकाय ओसिप्टेलको पछिल्लो तथ्यांकअनुसार, मोबाइल कनेक्सनका आधारमा एन्टेल पेरु देशको तेस्रो ठूलो मोबाइल सेवा प्रदायक हो। जुन महिनाको अन्त्यसम्म कम्पनीको बजार हिस्सा २२.७ प्रतिशत थियो। यो अघिल्लो १२ महिनाको तुलनामा केही बढी हो। बजारमा अमेरिकाको अमेरिका मोभिलको स्वामित्वमा रहेको क्लारो पहिलो स्थानमा छ। सक्रिय मोबाइल लाइनका आधारमा यसको बजार हिस्सा ३३.४ प्रतिशत छ। त्यस्तै, दोस्रो स्थानमा रहेको भियतनामको भियतटेलको स्वामित्वमा रहेको बिटेलको बजार हिस्सा २४.७ प्रतिशत छ। एन्टेलले फाइबर ब्रोडब्यान्ड व्यवसाय पनि विस्तार गर्न थालेको छ। तर, बजार हिस्साका आधारमा नियामक निकायले यसलाई अझै ‘अन्य’ सेवा प्रदायककै समूहमा राखेको छ। मिलिकमले सबैभन्दा ठूलो वृद्धि अवसर यही क्षेत्रमा देखेको छ। मिलिकमले भनेको छ, “थोक साझेदारीमार्फत एन्टेल पेरुको विस्तृत फाइबर नेटवर्कमा पहुँच र मोबाइल तथा घरायसी इन्टरनेट सेवामा मिलिकमको अनुभवले कम पुँजी लगानीमा एकीकृत सेवाको विस्तार गर्न, ग्राहकसँगको सम्बन्ध बलियो बनाउन र नियमित आम्दानी बढाउन सहयोग गर्नेछ।” मिलिकमका अनुसार, सन् २०२५ मा पेरुमा फाइबर ब्रोडब्यान्ड कनेक्सन करिब २१ प्रतिशतले बढेको थियो। राजधानी लिमा र कयाओभन्दा बाहिरका क्षेत्रमा यसको वृद्धि २६ प्रतिशत थियो। यद्यपि, यी तथ्यांक ओसिप्टेलले उपलब्ध गराएको विवरणसँग पूर्ण रूपमा मेल खाँदैनन्। ओसिप्टेलका अनुसार, जुन महिनाको अन्त्यसम्म पेरुमा फाइबर ब्रोडब्यान्ड कनेक्सनको संख्या ३४ लाख १० हजार पुगेको थियो। यो देशका कुल फिक्स्ड ब्रोडब्यान्ड लाइनको ८३ प्रतिशतभन्दा बढी हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यसमा २.६ प्रतिशत वृद्धि भएको थियो। तथ्यांकमा केही भिन्नता भए पनि पेरुमा फाइबर ब्रोडब्यान्ड बजार विस्तार भइरहेको छ। यस बजारमा प्रतिस्पर्धा अझ तीव्र हुने देखिएको छ। जुलाईमा क्लारोले लिबर्टी ल्याटिन अमेरिकाको स्वामित्वमा रहेको फाइबर ब्रोडब्यान्ड सेवा प्रदायक वाउ अधिग्रहण गर्ने योजना सार्वजनिक गरेको थियो। यद्यपि, सम्झौताको रकम खुलाइएको छैन। आफ्नो विद्यमान फाइबर व्यवसायसँग वाउलाई गाभेपछि कनेक्सनका आधारमा क्लारोको बजार हिस्सा ३३ प्रतिशतभन्दा बढी पुग्नेछ। यससँगै हाल बजारमा अग्रस्थानमा रहेको मुभिस्टारभन्दा क्लारो निकै अगाडि हुनेछ। मुभिस्टार अब टेलिफोनिकाको स्वामित्वमा छैन। अधिग्रहणका लागि आवश्यक नियामकीय प्रक्रिया अझै पूरा हुन बाँकी छ। तर, बजारमा अन्य सेवा प्रदायकको संख्या पनि धेरै रहेकाले यसले स्वीकृति पाउने सम्भावना देखिएको छ। क्लारो र वाउ पेरुमा दुई प्रतिशतभन्दा बढी बजार हिस्सा भएका सातवटा फाइबर ब्रोडब्यान्ड सेवा प्रदायकमध्ये पर्छन्। यसबाहेक सानो बजार हिस्सा भएका अन्य सेवा प्रदायक पनि छन्, जसमा एन्टेलसमेत पर्छ। एन्टेल अधिग्रहणका लागि नियामकीय स्वीकृति पाएपछि मिलिकमले यसको फाइबर व्यवसाय विस्तारमा जोड दिने अपेक्षा गरिएको छ। ल्याटिन अमेरिकाका १२ देशमा दूरसञ्चार सेवा सञ्चालन गरिरहेको मिलिकमका लागि पेरु उपयुक्त बजार मानिएको छ। कम्पनीले पेरुलाई ‘डिजिटल क्षेत्रमा ठूलो सम्भावना भएको महत्वपूर्ण बजार’ का रूपमा वर्णन गरेको छ। मिलिकमले आगामी डिसेम्बरको सुरुसम्ममा अधिग्रहण प्रक्रिया पूरा गर्ने लक्ष्य राखेको छ। यसले कम्पनीले नियामकीय तहबाट ठूलो अवरोध आउने अपेक्षा नगरेको संकेत गर्छ। अधिग्रहण पूरा भएपछि एन्टेलको व्यवसाय विस्तार गर्ने काम सुरु हुनेछ। The post मिलिकमले पेरुमा प्रवेश गर्न १ अर्ब ७० करोड डलर खर्च गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईफोन डुओमा फेस अनलक सुविधा थपिँदै, आईओएस २७.३ बिटा सार्वजनिक
TechnologyJust now

आईफोन डुओमा फेस अनलक सुविधा थपिँदै, आईओएस २७.३ बिटा सार्वजनिक

एप्पलले आफ्नो फोल्ड गर्न मिल्ने स्मार्टफोन आईफोन डुओमा अनुहार पहिचानमार्फत फोन अनलक गर्न सकिने सुविधा थप गरेको छ। कम्पनीले सार्वजनिक गरेको आईओएस २७.३ को दोस्रो डेभलपर बिटा संस्करणमा यो सुविधा समावेश गरिएको हो। नयाँ अपडेटसँगै आईफोन डुओको सेटिङमा रहेको ‘टच आईडी एन्ड पासकोड’ विकल्पभित्र ‘अनलक विथ फ्रन्ट क्यामेरा’ नामको नयाँ सुविधा थपिएको छ। यसले फोन फोल्ड गरिएको अवस्थामा पनि अगाडिको क्यामेरामार्फत ...

टेक्नोलोजी खबर
जर्मन सरकारले सन् २०२७ मा फाइबर र मोबाइल नेटवर्कमा २.७ अर्ब युरोभन्दा बढी खर्च गर्ने
TechnologyJust now

जर्मन सरकारले सन् २०२७ मा फाइबर र मोबाइल नेटवर्कमा २.७ अर्ब युरोभन्दा बढी खर्च गर्ने

जर्मन सरकारले ब्रोडब्यान्ड र मोबाइल नेटवर्क विस्तार गर्न सन् २०२७ को बजेटमा करिब २.७ अर्ब युरो छुट्याएको छ। ‘डिजिटल रूपान्तरण तथा सरकारी आधुनिकीकरणसम्बन्धी संघीय मन्त्रालय’ का अनुसार, राष्ट्रिय फाइबर पूर्वाधार विस्तार गर्न र ‘गिगाबिट’ क्षमताका जडानहरू कार्यान्वयन गर्न आगामी वर्षको बजेटबाट २.६ अर्ब युरोभन्दा बढी रकम उपलब्ध हुनेछ। मन्त्रालयले सन् २०२७ का लागि करिब ५.२७ अर्ब युरोको कुल लगानी कोषको व्यवस्थापन ...

टेक्नोलोजी खबर
एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल
TechnologyJust now

एआई चिप्समा पहुँच सुनिश्चित गर्न सिङ्गापुरको पहल

चिनियाँ कम्पनीले तेस्रो मुलुकका डाटा सेन्टरमार्फत अमेरिकी उन्नत कृत्रिम बौद्धिकता (एआई) चिप्स प्रयोग गर्न नपाऊन् भन्ने उद्देश्यले अमेरिकाले नयाँ निर्यात प्रतिबन्ध लगाएपछि सिङ्गापुरले आफ्ना कम्पनीका लागि त्यस्ता प्रविधिमा विश्वसनीय पहुँच सुनिश्चित गर्न पहल थालेको छ । सिङ्गापुरका सम्बन्धित मन्त्रालयले नयाँ प्रतिबन्धको अध्ययन भइरहेको र प्रभावित कम्पनीसँग छलफल गर्नुका साथै अमेरिकी अधिकारीसँग पनि परामर्श भइरहेको जनाएको छ। नयाँ अमेरिकी नियमअनुसार चीन, मकाउ तथा ...

टेक्नोलोजी खबर
यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन
TechnologyJust now

यस्तो देखिने छ ग्यालेक्सी एस२७ प्रो र अल्ट्राको क्यामेरा डिजाइन

सामसङको ग्यालेक्सी एस २७ र एस२७ अल्ट्रा मोडलका फोटोहरु केही महिनादेखि अनलाइनमा सार्वजनिक भइरहेका छन्। गत साता यस परीक्षणका लागि तयार पारिएका फोनको पहिलो फोटो समेत सार्वजनिक भएका थिए। प्रो र अल्ट्रा मोडलमा नयाँ डिजाइनको क्यामरा मोड्युल रहने अपेक्षा गरिएको छ। तर हालै सार्वजनिक भएका परीक्षण मोडलहरुको डिजाइन यसअघि सार्वजनिक गरिएका फोटोमा देखाइएको डिजाइनभन्दा फरक रहेको टेलिग्राफले जनाएको छ। आइस युनिभर्सले अर्को ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play