Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

मालपोतका कर्मचारी आचार्यविरुद्ध साढे ९ करोडभन्दा बढीको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मालपोतका कर्मचारी आचार्यविरुद्ध साढे ९ करोडभन्दा बढीको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत यदुनाथ आचार्यविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आचार्यले पदीय मर्यादाविपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा उनको सम्पत्ति र आम्दानीबीच ठूलो अन्तर देखिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार आचार्य २०५४ माघ २ गते जिल्ला विकास समितिको कार्यालय, खोटाङमा गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी) पदमा नियुक्त भएका थिए । आयोगले उनको नियुक्तिदेखि २०८० मंसिर २१ गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरेको थियो । उक्त अवधिमा आचार्य र उनीसँग एकाघरमा रहेका परिवारका सदस्यको वैधानिक आम्दानीका स्रोत तथा खर्चको विश्लेषण गर्दा कुल ६ करोड २५ लाख ६३ हजार ३४५ रुपैयाँ ४८ पैसा वैधानिक आय देखिएको अख्तियारले जनाएको छ । यस अवधिमा आचार्यले जग्गा तथा घरजग्गा खरिद, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर, कम्पनीमा लगानी, विभिन्न व्यक्तिलाई ऋण सापटी, सवारीसाधन खरिद, अध्ययन खर्च, सेयर खरिद, बैंक ऋण भुक्तानीलगायत शीर्षकमा कुल १५ करोड ९८ लाख ३५ हजार ३३५ रुपैयाँ ३१ पैसा खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको छ । कुल आयबाट खर्च घटाउँदा ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारको निष्कर्ष छ । उक्त रकम बराबर गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० बमोजिमको कसुर गरेको ठहर गर्दै आयोगले आरोपपत्र दायर गरेको हो । ८ करोड २६ लाखभन्दा बढीको सम्पत्ति शुद्धीकरण अख्तियारका अनुसार आचार्यले विभिन्न व्यक्ति तथा कारोबारमार्फत आपराधिक गतिविधिबाट आर्जित ८ करोड २६ लाख २० हजार २७४ रुपैयाँ ६७ पैसा बराबरको सम्पत्तिलाई सम्पत्ति शुद्धीकरण गर्ने प्रक्रियामा प्रयोग गरेका छन् । काठमाडौं महानगरपालिका–१० स्थित कित्ता नम्बर २२२ को घरजग्गा खरिद, काठमाडौं महानगरपालिका–३५ स्थित कित्ता नम्बर १९४ को घरजग्गा कारोबार, हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा भुक्तानी गरिएको रकम तथा गोठाटारका कित्ता नम्बर ५०२ र ५१८ का जग्गा खरिदका लागि गरिएको बैना भुक्तानी र फिर्तासम्बन्धी कारोबार अनुसन्धानको दायरामा परेका छन् । त्यस्तै, घरजग्गा कारोबारी भीमबहादुर राईबाट रत्नकाजी प्रजापतिमार्फत प्राप्त रकम, भीष्म गड्तौलाको नामबाट सेयर खरिदबिक्रीमा गरिएको लगानी तथा मोरङको विराटनगर महानगरपालिका–७ स्थित कित्ता नम्बर २०६ र टंकीसिनवारी–१ स्थित कित्ता नम्बर ४०६१ को जग्गा कारोबार पनि अनुसन्धानमा समेटिएको छ । यसका साथै भीमबहादुर राई, लोकनाथ आचार्य र घरजग्गा कारोबारी तुलसीप्रसाद पोखरेलसँग भएका आर्थिक लेनदेनलाई समेत सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आधार बनाइएको अख्तियारले जनाएको छ । आयोगका अनुसार आचार्यले अन्य प्रतिवादीसँगको संलग्नतामा सम्पत्ति राख्ने, विभिन्न तहमा कारोबार गरी स्रोत लुकाउने र अन्ततः वैध सम्पत्तिका रूपमा देखाउने प्रक्रिया (प्लेसमेन्ट, लेयरिङ र इन्टिग्रेसन) अपनाएका थिए । यसरी ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अख्तियारको दाबी छ । भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी दुवै कसुरमा कानुनबमोजिम सजायको मागदाबीसहित आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे
Latest NewsJust now

सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हरायाे

• सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ५ विकेटले हराउँदै दोस्रो जित दर्ता गरेको छ। • सुदूरपश्चिमले १३० रनको लक्ष्य १७.४ ओभरमा पूरा गर्यो, जसमा ब्रेनडन म्याक्लमले ४३ रन जोडे। • चितवनले २० ओभरमा १२९ रन बनाएको थियो, रवी बोपराले ४९ रनको योगदान दिए। ...

नेपालबहस
सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
Latest NewsJust now

सुदूरले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले चितवन राईनोजलाई हराएको छ । सोमबार भएको दोस्रो खेलमा सुदूरले चितवनलाई ५ विकेटले हराएको हो । चितवनले दिएको १३० रनको लक्ष्य पछ्याएको... ...

रातोपाटी
ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन
Latest NewsJust now

ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन

स्याङ्जा । ब्राह्मण समाज स्याङ्जाको अध्यक्षमा मुक्तिप्रसाद रेग्मी चयन हुनुभएको छ । समाजको दोस्रो जिल्ला अधिवेशनले रेग्मीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा यदुनन्दन अर्याल, सचिवमा शोभाकान्त पौडेल, सहसचिवमा गोमा सुवेदी र कोषाध्यक्षमा सुनिता पौडेल गौतम चयन हुनुभएको छ । समितिमा केन्द्रीय प्रतिनिधि पाँच जना र प्रदेश प्रतिनिधि पाँच जना पनि चयन गरिएको नवनिर्वाचित अध्यक्ष रेग्मीले ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play