Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

मायादेवीमा १४८ जनाले पाए लालपुर्जा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मायादेवीमा १४८ जनाले पाए लालपुर्जा
Photo / Coverage: हिमालय टाइम्स

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा १४८ जनालाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ । गाउँपालिका र नापी कार्यालय, रुपन्देहीको आयोजनामा वडा नम्बर ७ का विभिन्न गाउँब्लकका जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । गाउँपालिकाका अमिन हृदयदेश कुमार बनियाका अनुसार गाउँब्लकका कित्ताहरूको लालपुर्जा वितरण गरिएको हो । लालपुर्जा वितरण कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरीले वितरण कार्यमा केही महिना ढिलाइ भए पनि विभिन्न वडामा लालपुर्जा वितरण भइसकेको बताउनुभयाे । गाउँपालिकाका अन्य वडामा पनि प्रक्रिया अगाडि बढिरहेको उहाँले जानकारी दिनुभयाे । वर्षौँदेखि जग्गा जोत भोग गर्दै आए पनि लालपुर्जा नहुँदा नागरिकले विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले अब त्यस्ता समस्या समाधान हुँदै गएको बताउनुभयाे। गाउँपालिकाको उपाध्यक्ष नर्वदा देवी उपाध्यायले लालपुर्जा प्राप्त गर्ने सबैलाई बधाई दिँदै सामूहिक प्रयास र सहकार्यबाट यो काम सम्भव भएको बताउनुभयाे । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले मायादेवी गाउँपालिकाअन्तर्गतका सम्पूर्ण गाउँब्लकको काम सम्पन्न गर्ने लक्ष्यसहित गाउँपालिकासँग समन्वय र सहकार्य भइरहेको बताउनुभयाे । २०२७ सालमा गाउँब्लकका रूपमा छाडिएका जग्गामा नागरिकले लामो समयदेखि भोगचलन गर्दै आए पनि कानुनी स्वामीत्व नहुँदा विभिन्न अधिकारबाट वञ्चित हुनुपरेको उनले बताए । बाँकी गाउँब्लकको काम सम्पन्न गर्न गाउँपालिकाबाट समन्वय र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयाे । अहिले १४८ जनालाई लालपुर्जा वितरण गरिएको उल्लेख गर्दै उहाँले संख्या थोरै देखिए पनि प्राप्त गर्ने नागरिकका लागि यो ठूलो उपलब्धि भएको बताउनुभयाे । साथै लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयाे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले करिब ५६ वर्षपछि नागरिकले जग्गाधनी प्रमाणपूर्जा प्राप्त गरेको बताउनुभयाे । उहाँले यस कार्यमा योगदान पु¥याउने कर्मचारी र जनप्रतिनिधिप्रति आभार व्यक्त गरे । लालपुर्जा केवल रातो कागजको टुक्रा नभई नागरिकको जग्गामाथिको कानुनी स्वामीत्व सुनिश्चित गर्ने महत्त्वपूर्ण प्रमाण भएको उहाँको भनाइ थियो । लालपुर्जा प्राप्त भएपछि नागरिकले भोग्दै आएका विभिन्न कठिनाइ अन्त्य हुने उनले बताए । मायादेवी गाउँपालिकामा भू–उपयोग वर्गीकरणको काम सम्पन्न भइसकेको र जग्गा कित्ताकाटको कामसमेत सुचारु भइसकेको उहाँले जानकारी दिनुभयाे । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले २०२७ सालमा नापी भए पनि गाउँब्लकका रूपमा रहेका जग्गाको लालपुर्जा नागरिकले ५६ वर्षपछि प्राप्त गरेको बताउनुभयाे । यसबाट स्थानीय बासीमा खुसी छाएको उल्लेख गर्दै उनले वडाका बाँकी गाउँमा पनि लालपुर्जा वितरणका लागि तत्काल प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिनुभयाे । समस्या समाधानका लागि कर्मचारीहरूले अहोरात्र खटेर काम गरेको उहाँले बताउनुभयाे । नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सूर्य बहादुर कार्कीले पुस्तौँदेखि जग्गाको कानुनी स्वामीत्व र पहिचानको प्रतीक्षामा रहेका नागरिकका लागि लालपुर्जा प्राप्त हुनु ऐतिहासिक उपलब्धि भएको बताउनुभयाे । यसले नागरिकको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्तिको सुरक्षा र आर्थिक तथा सामाजिक हैसियत मजबुत बनाउने आधार बनेको उहाँको भनाइ थियो । लालपुर्जा प्राप्त गरेका स्थानीय राकेश कुमार पाण्डेयले जग्गाको पुर्जाका लागि वर्षौँदेखि प्रयास गर्दै आएको बताउनुभयाे । लालपुर्जा नहुँदा विभिन्न कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै उहाँले पुर्जा प्राप्त भएपछि आफूहरू निकै खुसी भएको बताउनुभयाे । ‘लालपुर्जा पाउँदा हामी एकदमै खुसी भएका छौँ, खुसीको कुनै सीमा नै छैन,’ उहाँले भन्नुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
Latest NewsJust now

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

झापा । झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् । कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल... ...

रातोपाटी
भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो
Latest NewsJust now

भोटेकोशी बाढीपीडित बालबालिकालाई मासिक १७ हजार ५०० रुपैयाँ दिन थालियो

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उनकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक […] ...

लोकपथ
भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै
Latest NewsJust now

भारतसँग हवाई रुटमा सहमतिसँगै भैरहवा र पोखरा विमानस्थल सञ्चालनको बाटो खुल्दै

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय हवाई उड्डयन क्षेत्रले लामो समयदेखि प्रतीक्षा गरिरहेको एउटा महत्त्वपूर्ण कूटनीतिक उपलब्धि हासिल भएको छ । नेपालले एक दशकभन्दा लामो समयदेखि भारतसँग माग गर्दै आएको थप हवाई... ...

रातोपाटी
चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन
Latest NewsJust now

चार देशमा एआई सर्भर आपूर्ति रोक्न एनभिडियाको निर्देशन

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले आफ्ना एआई चिप जडित कम्प्युटर सर्भरलाई मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन रोक लगाएको छ । आफ्ना उत्पादन साझेदारहरूलाई यस्तो रोक लगाउन कम्पनीले निर्देशन दिएको हो । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा पारेपछि कम्पनीले यस्तो कदम चालेको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement