काठमाडाैं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टिकरण दिनुभएको छ । शनिवार संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले न्यायाधीशका रूपमा इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको बताउनु भयो । उहाँले भूटानी शरनार्थी प्रकरणमा बालकृष्ण खाँणसम्बन्धी मुद्दामा दिएको राय पनि तत्काल प्राप्त प्रमाणका आधारमा भएको स्पष्ट पार्नुभयो । उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको भएपनि फैसला आफूले नगरेको बताउनु भयो । उहाँले राजनीतिक प्रकृतिका मुद्दाहरू अदालतमा प्रशस्त आउने भएपनि न्यायाधीशले राजनीतिक आग्रहबाट मुक्त भएर प्रमाण र मिसिलका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म यता अदालतमा आइसकेपछि मैले त्यो राजनीतिको चप्पल बाहिरै खोलेको छु । बालकृष्ण खाँडको मात्रै मुद्दा होइन । अरु मुद्दा पनि छ । हजुरलाई म अहिले जानकारी म हेटौंडामा बसेर वागमती प्रदेशको मुख्यमन्त्रीको मुद्दामा चाहीँ अन्तरिम आदेश जारी गरी पाउँ भनेर जानुभएको थियो । मैले यसो हेरे उहाँ शपथ लिसक्नुभएको छ । उहाँले चाहिँ विश्वासको मत चाहिँ लिईसक्नुभएको हुनाले यो हुँदैन भने । अब त्यतिबेला निवेदन गरेर आउने मान्छे पनि त अरु नै थिए । हामी न्यायाधीश भएपछि म त राजनिति गर्दिन र गर्नु पनि हुँदैन । राजनीतिको चप्पललाई टाढै राख्नुपर्छ । यस्ता अनगिन्ती राजनीति मान्छेहरूको मुद्दाहरू छन्, तर मलाई लाग्दैन मैले कहिल्यै पनि त्यसबाट प्रभावित हुन्छु । त्यो बेन्चमा बसेपछि राजनीति कता के भन्ने यी सबै आउट हुँदो रहेछ । खाली प्रमाण के छ, मिसिल के छ, भन्ने कुराहरू मात्रै हुन्छ र बालकृष्ण खाँडको मुद्दामा तत्काल हामीले जे प्रमाण देख्यौ, त्यो आधारमा फेरी मैले त रायमात्रै दिएको हो, त्यसमा । मेरो राय र अर्को राय फरक भयो र तेस्रो न्यायाधीशले चाहिँ छोड्या हो । मैले त राय दिएको हो छोड्ने । त्यहाँ चाहिँ तत्काल प्राप्त प्रमाणहरूबाटै दिएको हो ।’ एमालेकी सांसद पद्या अर्यालले न्यायधीश पाण्डेलाई एउटै मुद्दामा किन फरक-फरक राय आयो भनि प्रश्न उठाउनुभएको थियो ।
मान्छेमा राजनितिक विचार हुन्छ, तर न्यायाधीश भएपछि त्यसलाई अदालतबाहिरै छाडेको छु : प्रस्तावित न्यायाशीश पाण्डे

Read Complete Original Article
Published originally on हिमालय टाइम्स



![खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/miscellaneous/mela-9-07112026102354-watermarked.jpg)


