काठमाडौं । सरोकारवालाहरुले मानव बेचबिखन तथा शारीरिक शोषण रोक्नका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् । सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति बैठकमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयकमाथिको छलफलका क्रममा उनीहरुले मानव बेचबिखनको परिभाषालाई विस्तृत बनाउर्दै यसबिरुद्ध प्रभावकारी कानुनी बनाउनुपर्ने सुझाव दिएका हुन् । बैठकमा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सबै प्रक्रिया पूरा गरेर बैदेशिक रोजगारमा गएका महिलाहरु समेत शोषणमा परेको गुनासो निकै आउने गरेकाले यसमा बिशेष ध्यान दिनुपर्ने बताइन् । उनले वैदेशिक रोजगारमा गएका केही महिलाहरूले यौनशोषणमा पारिएको, मानसिक रूपमा गम्भीर असर परेको गुनासो गरेको भन्दै बाह्य रूपमा मानव बेचबिखन नै सरह रहेको धारणा व्यक्त गरिन् । आफूले काठमाडौंका बिभिन्न स्थानमा अनुगमन गर्दा १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरुलाई कामका लागि ल्याउने र यौन शोषण गर्ने देखिएको उनले बताइन् ।
मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था गर्न सुझाव

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






