Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

मानव–वन्यजन्तु सहअस्तित्वबारे भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मानव–वन्यजन्तु सहअस्तित्वबारे भुटानमा अन्तर्राष्ट्रिय सम्मेलन
Photo / Coverage: नेपालन्युज

काठमाडौं।मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्व न्यूनीकरण गर्दै सहअस्तित्वका लागि दीर्घकालीन र दिगो उपाय खोज्ने उद्देश्यले भुटानको थिम्पुमा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। ‘साझा भू–दृश्यमा द्वन्द्व व्यवस्थापनबाट उत्थानशील प्रणालीतर्फ’ भन्ने मूल नारासहित आजदेखि सुरु सम्मेलन आगामी मंसिर २ गतेसम्म सञ्चालन हुनेछ। विश्व वन्यजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङले वन क्षेत्रको विस्तार, पूर्वाधार निर्माण, भूमिको उपयोगमा परिवर्तन, जलवायु परिवर्तन तथा जनसंख्याको चापलगायत कारणले मानव र वन्यजन्तुबीचको द्वन्द बढिरहेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको बताए। उनले भने, ‘मानव–वन्यजन्तु सहअस्तित्वमा नवीनतम उपायको प्रर्वद्धन’ विषयक सम्मेलन विश्व वन्यजन्तु कोष भुटानको सह–आयोजना भएको हो। विशेष गरी संरक्षित क्षेत्र बाहिर मानव बस्ती तथा कृषि क्षेत्रमा वन्यजन्तुको आवागमन बढ्दा स्थानीय समुदायको जीविकोपार्जन, खाद्य सुरक्षा र सुरक्षामा चुनौती थपिएकाले सम्मेलनमा यस विषयमा छलफल हुनेछ। सम्मेलनमा नीति निर्माता, अनुसन्धानकर्ता, संरक्षणकर्मी, स्थानीय समुदाय, विकास साझेदार तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ। उनका अनुसार सम्मेलनमा मानव–वन्यजन्तु सहअस्तित्वका क्षेत्रमा भएका अभ्यास, नवीन प्रविधि, सफल अनुभव र चुनौतीबारे छलफल हुनेछ। डा. गुरुङका अनुसार तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा पहिलो दिन मानव–वन्यजन्तु सहअस्तित्वका पारिस्थितिक, सामाजिक, संस्थागत तथा भू–दृश्यसम्बन्धी जटिलता र चुनौतीबारे छलफल हुनेछ। परम्परागत द्वन्द्व व्यवस्थापनका उपाय किन पर्याप्त हुन सकेनन् भन्ने विषयमा समेत सहभागीबीच अनुभव आदानप्रदान हुनेछ। त्यस्तै सामुदायिक सहभागिता, वैज्ञानिक अनुसन्धान, प्रविधि, अनुकूलनशील व्यवस्थापन, दिगो वित्तीय स्रोत र भू–दृश्यस्तरको योजनामार्फत सहअस्तित्व प्रर्वद्धन गर्ने नवीनतम उपायबारे छलफल हुनेछ। भुटान र समग्र पूर्वी हिमाली क्षेत्रमा मानव–वन्यजन्तु सहअस्तित्वका लागि साझा कार्ययोजना, संस्थागत सहकार्य, अनुगमन प्रणाली र दीर्घकालीन वित्तीय व्यवस्थाका सम्भावनाबारे छलफल गरिनेछ। डा. गुरुङका अनुसार, सम्मेलनमा हात्ती, बाघ, हिउँचितुवालगायत वन्यजन्तुलाई मानव–वन्यजन्तु द्वन्दका फरक आयाम बुझ्ने आधारका रूपमा प्रस्तुत गरिनेछ। ती वन्यजन्तुले बासस्थानको सम्पर्क, पूर्वाधारको दबाब, संरक्षणको सफलता र स्थानीय जीविकोपार्जनमा पर्ने प्रभावलाई उजागर गर्दै आएको आयोजकको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
Latest NewsJust now

सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन

• चेक गणतन्त्रको प्रागमा तीन लाख ५० हजार मानिसले सार्वजनिक रेडियो र टेलिभिजनको वित्तीय व्यवस्थामा परिवर्तनको विरोधमा प्रदर्शन गरेका छन्। • प्रदर्शनकारीहरूले सरकारले सञ्चारमाध्यमको स्वतन्त्रता कमजोर पार्ने योजनालाई फिर्ता लिन माग गरेका छन् र विपक्षीको बोल्ने समय सीमित गरेर मतदान गरिनुमा पनि विरोध जनाएका छन्। • प्रधानमन्त्री बाबिसले योजनाले सञ्चारमाध्यमको स्वतन्त्रतामा असर नपार्ने दाबी गरेका छन्, तर प्रदर्शनकारीहरूले रुससमर्थक दलका ...

नेपालबहस
भारतका लागि नेपालका राजदूत नियुक्त
Latest NewsJust now

भारतका लागि नेपालका राजदूत नियुक्त

काठमाडौँ । गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा डा‍.निश्चलनाथ पाण्डे नियुक्त भएका छन् । राष्ट्रपतिको कार्यालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेलाई राजदूत पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको... ...

रातोपाटी
सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने
Latest NewsJust now

सङ्घीयता बलियो बनाउन दलहरूबीच साझा सहमति आवश्यक : लामिछाने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा ब्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले आजदेखि सुरु गर्नुभएको मेची–महाकाली पदयात्राको आज यहाँ शुभारम्भ गर्दै सभापति लामिछानेले सङ्घीय संरचनालाई व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री बनाउन रास्वपाले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए । सङ्घीयताको मर्मअनुसार प्रदेश ...

केन्द्रबिन्दु
आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह
Latest NewsJust now

आईसीसीको अध्यक्ष पदमा फेरि जय शाह

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रोपटक अध्यक्ष पदमा नियुक्त गरेको छ। उनी यस पदमा निर्विरोध निर्वाचित भएका हुन्। आईसीसीका अनुसार बालीमा आयोजित बोर्ड र समितिको बैठकमा आईसीसी निर्देशकहरूले गरेको प्रस्तावबमोजिम जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्षमा नियुक्त गरिएको हो।  यो निर्णयले जय शाहको नेतृत्वमा आफ्नो विश्वास झल्का... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play